Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us

प्रधानमन्त्री कार्कीले लिइन् शपथ, पहिलो निर्णय प्रतिनिधिसभा विघटन

प्रधानमन्त्री कार्कीले लिइन् शपथ, पहिलो निर्णय प्रतिनिधिसभा विघटन

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले शपथ ग्रहण गरेकी छिन् । शीतल निवासमा आयोजित विशेष समारोहमा उनले राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिएकी हुन् । 

उनले नेपालको पहिलो महिला प्रधानमन्त्रीको इतिहास पनि रचेकी छिन् । साथै उनी पहिलो महिला प्रधानन्यायाधीश पनि हुन् । ३१ वर्ष वकालतमा बिताएकी उनले ९ वर्ष सर्वोच्च अदालतको इजलासमा बिताइन्। 

यसैबीच, प्रतिनिधिसभा विघटन भएको छ । प्रधानमन्त्री सुशीला कार्कीले पहिलो निर्णयका रूपमा प्रतिनिधिसभा विघटनको सिफारिस गरेकी थिइन् । त्यसलाई राष्ट्रपति रामचन्द्र पौडेलले सदर गरेका छन् । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार