Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us
पोखरा उद्योग वाणिज्य संघको आयोजनामा

पोखरामा भोलि बृहत् मौन शान्ति र्‍याली गरिदैं

पोखरामा भोलि बृहत् मौन शान्ति र्‍याली गरिदैं

काठमाडौं। पोखरा उद्योग वाणिज्य संघले मुलुकको दिगो शान्तिको कामना एवम् व्यावसायिक सुरक्षाको प्रत्याभूतिका लागि भोलि मंगलबार पोखरामा बृहत् मौन शान्ति र्‍याली आयोजना गर्ने भएको छ ।

संघको आज सम्पन्न वस्तुगत संघ संस्थाका अध्यक्ष एवं प्रतिनिधिसहितको बैठकले यही भदौ ३१ गते मंगलबार बिहान बृहत् मौन शान्ति र्‍याली आयोजना गर्ने निर्णय गरेको जनाइएको छ ।

संघको सचिवालय गैह्रापाटनबाट सुरु भई पोखराको पृथ्वी चोकसम्म हुने मौन र्‍याली ‘जेनजी’ आन्दोलनका क्रममा दिवंगत भएकाहरूको आत्माको चिरशान्तिको कामना, देशमा भएको अशान्तिको समूल अन्त्य एवम् व्यावसायिक वातावरण निर्माणका निम्ति हुने जनाइएको छ ।

आन्दोलनका क्रममा ठूलो जनधनको क्षति भएको, व्यावसायिक प्रतिष्ठानमाथिको आक्रमणबाट अर्बौँ क्षति पुगेको भएपनि अब पुनः उठ्नका लागि शान्तिबिना व्यावसायिक वातावरण निर्माण हुन र आत्मबल पनि बढ्न नसक्ने भएकाले दुवैका निम्ति र्‍याली आयोजना गर्न लागिएको संघले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार