Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us
शहरी विकास तथा भवन निर्माण विभाग

लुटपाट भएका सामानहरु फिर्ता गर्न आग्रह

लुटपाट भएका सामानहरु फिर्ता गर्न आग्रह

काठमाडौं । शहरी विकास मन्त्रालय अन्तर्गतको शहरी विकास तथा भवन निर्माण विभागले जेनजी आन्दोलनका क्रममा चोरी तथा लुटपाट भएका सामान फिर्ता गर्न आग्रह गरेको छ । विभागले आज सूचना जारी गर्दै जेनजीआन्दोलनका क्रममा भदौ २४ गते बबरमहलस्थित भवन निर्माण विभागमा व्यापक लुटपाट भएका सामान फिर्ता गर्न आग्रह गरेको हो ।

भदौ २४ गते आन्दोलन तथा तोडफोडको क्रममा विभाग र परिसरमा रहेका सवारी साधन, कम्प्युटर, ल्यापटप, प्रिन्टर, स्क्यानर, टिभी, कुर्सी लगायतका सामग्रीहरू तथा कर्मचारीका निजी सवारी साधनसमेत लुटपाट र चोरी भएको सूचनामा उल्लेख छ ।

सामानको विषयमा कुनै जानकारी भएमा फोन गरेर जानकारी दिन वा नजिकको सुरक्षा निकायमा जानकारी गराउन समेत सूचनामा उल्लेख गरेको छ । 

image-134.png
undefined

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार