३ कार्तिक, ललितपुर। नेपाल सम्बत् ११४६ को अवसर पारेर न्हूदँ मूल समारोह समितिको आयोजनामा सञ्चालन भएको दुई दिने खुल्ला चेस प्रतियोगिताको बुद्धिचाल उपाधि २५४१ रेटेड ग्रान्डमास्टरले जितेका छन्।
अष्ट्रेलियाका जिएम स्मेरडोनले ९ चरणको रापिड प्रतिस्पर्धामा सात जित र दुई खेलमा बराबरी नतिजा निकाल्दै ८ अंक जोडेर प्रथम स्थान हासिल गरेका छन्। विश्व स्तरका खेलाडी स्मेरडोनले चौंथो नेपालभाषा मंकाः खलः फिडे रापिड प्रतियोगिता आफ्नो नाम गर्दै नगद रु। १० हजार, गोल्ड मेडल तथा प्रमाणपत्र प्राप्त गरेका छन्। स्पर्धामा तिन खेलाडीले समान ७ अंक जोडे पनि २१९८ रेटेड क्याण्डिडेट मास्टर पुरुषोत्तम सिलवाल टाइब्रेकको आधारमा द्वितीय स्थान ओगट्न सफल भए।
सिएमए पुरुषोत्तमले छ जित, दुई बराबर र एक खेलमा हार आत्मसाथ गर्दै नगद रु ७ हजार शिल्भर मेडल प्राप्त गरे। रसियामा सुपर जिएमलाई पराजित गर्दै ऐतिहासिक उपलब्धि हासिल गरेका सिलवालले यहाँ पनि राम्रो खेल प्रदर्शन गरेका छन्।
प्रतियोगितामा जीएमसँग उत्कृष्ट खेल प्रदर्शन गर्दै बराबरी नतिजा निकालेका १९९१ रेटेड निकेन कुसाथाले सात अङ्क जोड्दै नगर रु ५ हजार र ब्रोन्ज मेडल प्राप्त गरेका छन्।
ललितपुरका राजु ताम्राकारलाई अन्तिम चरणमा कठिन जित निकाल्दै दोलखाका सुमन मोक्तान चौथो स्थानमा उभिन सफल भएका छन्। १७६६ रेटेड सुमनले प्रतियोगितामा साढे छ अंक प्राप्त गर्दै नगद ४ हजार पुरस्कार जितेका छन्।
यसैगरी पाँचौं देखि आठौं स्थानसम्म प्राप्त गर्ने खेलाडीहरूमा २०२८ रेटेड सुरोज महर्जन, १७४५ रेटेड प्रेम खड्का, १८७६ रेटेड पूर्व नेपाल च्याम्पियन नवीन तण्डुकार, १७१८ रेटेड रचित राज लम्साल र १९०४ रेटेड अभिषेक श्रेष्ठले नगद पुरस्कार बाँडेका छन्।
यस्तै ६ अंक प्रोग्रेसिभ प्वाइन्टका आधारमा १९०४ रेटेड शुभनदीप थापा उत्कृष्ट दशौं बनेका छन्।
महिला प्रतिस्पर्धामा ग्लोसि श्रेष्ठ प्रथम भइ नगद रु ५ हजार प्राप्त गरिन्। यस्तै रिया श्रेष्ठ द्वितीय बन्दै नगद ४ हजार र भारतीय खेलाडी गीताञ्जली कुमारी तृतीय बन्दै नगद पुरस्कार ३ हजार प्राप्त गरेका छन्।
ललितपुरका स्थानीय अशोक मोहन श्रेष्ठ प्रथम र राजु ताम्राकार द्वितीय बन्दै नगद पुरस्कार ग्रहण गरेका छन्। नेपालभाषा मंकाः खलः यल र ललितपुर स्पोर्ट्स क्लबको संयोजनमा सम्पन्न समापन तथा पुरस्कार वितरण कार्यक्रममा ललितपुर महानगरपालिका वडा नम्बर ९ का अध्यक्ष राजु महर्जनले विजेता खेलाडीहरूलाई पुरस्कार वितरण गरेका छन्।
नेपाल, भारत र अष्ट्रेलियलियाका गरि ७८ जना खेलाडीहरु सहभागि भएको प्रतियोगिताको समापन समारोहमा लुम्बिनी विश्वविद्यालयका डिन माणिक रत्न शाक्यले लुम्बिनीमा बुद्धिचाल प्रतियोगिता आयोजना गर्ने जानकारी गराए।
पुरस्कार वितरण कार्यक्रममा करातेका सिनियर प्रशिक्षक निवास गोपाल वैद्य ललितपुर जिल्ला बुद्धिचाल संघका अध्यक्ष विक्रम श्रेष्ठ तथा कोषाध्यक्ष रन्जन घोषालको उपस्थिति रहेको थियो।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com