काठमाडौं । मतदाता नामावली सङ्कलनमा चाप बढेको र अनलाइनमा मतदाता नामावली दर्ता गर्न असहज भएको गुनासोपछि प्रधानमन्त्री सुशीला कार्कीले सहजीकरणका लागि निर्वाचन आयोगलाई आग्रह गरेकी छिन् ।
सेवाग्राहीले लामो समय कुर्नुपरेको, प्रि–इनरोलमेन्ट फारममा मतदान केन्द्र छनोट गर्न नसकेको, नागरिकता नम्बर प्रविष्ट गरे पनि नामावली दर्ता गर्न प्राविधिक समस्या आउने गरेको लगायत गुनासो बढेपछि प्रधानमन्त्री कार्कीले समस्याको पहिचान गरी समाधान गर्न आयोगसँग आग्रह गरेको उनको सचिवालयले जनाएको छ ।
आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा चुनावमा मतदान गर्ने नयाँ मतदाताले यही कात्तिक ३० गतेभित्र नामावली दर्ता गराइसक्नुपर्ने व्यवस्था छ । प्रधानमन्त्री कार्कीले कात्तिक ३० गतेभित्र नामावली सङ्कलन कार्य नसकिएमा मिति थप गर्नसमेत भनेको बताइएको छ ।
प्रधानमन्त्री कार्कीले मतदाता नामावली दर्ता प्रक्रियालाई आवश्यक सहजीकरण गरिदिन गृह मन्त्रालयलाई निर्देशन दिएकी छिन् । निर्वाचन आयोगले मतदाता नामावलीमा नाम लेखाउनका लागि तोकेको समयसीमा नजिकिँदै गर्दा मतदाता नामावलीका लागि नाम दर्ता गराउने, फोटो खिचाउनेहरूको चाप निक्कै बढेको छ ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com