Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us

वैदेशिक रोजगारीमा जानेले अब यी कागजात अनिवार्य लानुपर्ने

वैदेशिक रोजगारीमा जानेले अब यी कागजात अनिवार्य लानुपर्ने

काठमाडौं । वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल जाँदा लानुपर्ने थप कागजातहरु लिएर मात्र यात्रा गर्न आग्रह गरेको छ । 

विभागले सोमबार विज्ञप्ति जारी गरी यही चैत २९ गतेदेखि गन्तव्य मुलुकसम्मको हवाई टिकट र सो टिकटको बिल/रसिद (संस्थागत र व्यक्तिगत दुवैले अनिवार्य साथमा राख्ने)  र म्यानपावर कम्पनी (इजाजतपत्र प्राप्त संस्था) मार्फत जाँदै हुनुहुन्छ भने सो संस्थालाई वैदेशिक रोजगारीका लागि बुझाएको सेवा शुल्कबापतको आधिकारिक रसिद राख्न अनुरोध गरेको हो।

साथै सबै इजाजतपत्र प्राप्त संस्थाले वैदेशिक रोजगारीको सम्बन्धमा श्रमिकबाट प्राप्त गरेको सेवा शुल्कवापतको भौचरररसिदरभरपाइ अनिवार्य रुपमा श्रमिकलाई उपलब्ध गराउन विभागले अनुरोध गरेको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार