Sep 20 2026 | २०८३, असोज ४ गते

Sep 20 2026 | २०८३, असोज ४ गते

Follow us

'सुशासन र परिवर्तनका लागि जनता फेरि सडकमा आउन नपर्ने वातावरण बनाऔँ'

'सुशासन र परिवर्तनका लागि जनता फेरि सडकमा आउन नपर्ने वातावरण बनाऔँ'

काठमाडौं । पूर्वप्रधानमन्त्री सुशीला कार्कीले सुशासन र परिवर्तनका लागि नागरिक फेरि सडकमा आउनुपर्ने अवस्था सिर्जना हुन नदिन सबैलाई आ आफ्नो ठाउँबाट इमानदार, जिम्मेवार र चनाखो भएर कर्तव्य निर्वाह गर्न आग्रह गर्नुभएको छ ।

गत वर्ष भदौ २३ गते भएको ‘जेनजेड आन्दोलन’ को एक वर्ष पूरा भएको अवसरमा सामाजिक सञ्जलमार्फत एक सन्देश जारी गर्दै पूर्वप्रधानमन्त्री कार्कीले सो कुरा बताउनुभएको हो ।

नवयुवाहरूले सुशासन, जवाफदेहिता, पारदर्शिता र उज्ज्वल भविष्यको माग राखेर गरेको आन्दोलनका क्रममा निर्दोष युवाहरूले ज्यान गुमाउनुपरेको र कयौँ घाइते भएको भन्दै उनले सहिदहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ ।

देशको इतिहासमा जनधन र राष्ट्रिय सम्पदाको ठूलो क्षति भएको त्यो पीडादायी दिन अब कहिल्यै दोहोरिन नहुने भन्दै उहाँले राज्य र राजनीतिक नेतृत्वलाई नागरिकका अपेक्षा पूरा गर्न गम्भीर हुन ध्यानाकर्षण गराउनुभएको छ ।

Screenshot (1547).png
undefined

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार