Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us

७३औं कानुन दिवस विशेष कार्यक्रम गरी मनाइँदै

७३औं कानुन दिवस विशेष कार्यक्रम गरी मनाइँदै

काठमाडौं । आज कानुन दिवस । वैशाख २६ गते आज ७३औँ कानुन दिवस । न्यायालयको जग बसेको सोही दिनको सम्झनामा प्रत्येक वर्ष वैशाख २६ गतेलाई कानुन दिवसका रूपमा मनाउने गरिएको छ । नेपालमा प्रधान न्यायालय ऐन, २००८ मा जारी भए पनि लागु भने विसं २००९ वैशाख २६ गतेबाट भएको थियो । न्यायपालिकाप्रतिको जनविश्वासलाई अझ बलियो बनाउन तथा न्यायमा सबैको पहुँच सुनिश्चित गर्दै न्यायिक सुशासनको प्रवर्द्धनमा जोड दिँदै आज कानुन दिवस मनाइँदै छ ।

नेपालमा न्याय प्राप्तिको पहुँचलाई संविधानले नै सुनिश्चित गरेको छ । व्यवहारमा, न्याय सबै नागरिकका लागि सुलभ छैन भन्ने जनगुनासो छ कानुन र न्यायको क्षेत्रमा चासो राख्नेहरूका लागि यो विशेष दिन हो । विसं २००७ मा प्रजातन्त्र स्थापनापश्चात् २००८ सालमा प्रधान न्यायालय ऐन जारी भई २००९ साल वैशाख २६ गते राजा त्रिभुवनबाट लालमोहर लगाएको दिनको स्मरणमा यो दिनलाई कानुन दिवसका रूपमा मनाउन प्रारम्भ भएको हो ।

उक्त ऐन २००९ साल पुस ८ गतेको गजेटमा प्रकाशन भई प्रधान न्यायालय गठन भएको र त्यसैको जगमा हालको सर्वोच्च अदालतको स्थापना भएको हो । न्यायपालिकालाई कार्यपालिकाबाट पृथक राखी स्वतन्त्र, निष्पक्ष र तटस्थ न्यायपालिकाको स्थापना, विधिको शासन र आधुनिक न्याय प्रणालीको श्रीगणेश सोही दिनदेखि भएको मानिन्छ ।

राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्य तथा विशिष्ट अतिथि प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा सर्वोच्च अदालतको आयोजनामा आज विशेष कार्यक्रम गरी कानुन दिवस मनाइँदै छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार