Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us
भिजिट भिसा प्रकरण

अख्तियारबाट हुने अनुसन्धानलाई प्रभावित पार्ने कुनै पनि काम गर्दिनँ : गृहमन्त्री

अख्तियारबाट हुने अनुसन्धानलाई प्रभावित पार्ने कुनै पनि काम गर्दिनँ : गृहमन्त्री

काठमाडौं । गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणमा आफ्नो संलग्नता अस्वीकार गर्नुभएको छ । बुधबार संसद भवनको ल्होत्से हलमा पत्रकार सम्मेलन गर्दै मन्त्री लेखकले भिजिट भिसा प्रकरणमा आफनो संलग्नताको विषय असत्य र बेठीक रहेको दाबी प्रस्तुत गर्नुभएको हो । 

उहाँले आफूविरुद्ध नियोजित र षड्यन्त्रमूलक ढङ्गले राजनीतिक पूर्वाग्रह मिश्रितआक्रमण गरिएको जिकिर गर्नुभयो । भिजिट भिसा प्रकरणमा अख्तियारबाट हुने कुनै पनि कारवाहीलाई स्वागत गर्ने पनि उहाँले बताउनुभयो । उहाँले आफूले लोकतन्त्र र सुशासनमा विश्वास गर्ने भएकाले अख्तियारबाट हुने अनुसन्धानलाई प्रभावित पार्ने कुनै पनि काम नहुने स्पष्ट पार्नुभयो ।

गृहमन्त्री लेखकले अन्यत्रबाट नभइ गृहमन्त्रालयकै कसुरजन्य सम्पत्ति विभागमा रहेका तीर्थराज भट्टराईलाई विमानस्थल अध्यागमनमा सरुवा गरिएको प्रष्टिकरण दिनुभयो । 

संविधानले अधिकार प्रदान गरेको सक्षम निकायले राष्ट्रसेवक कर्मचारीमाथि अनुसन्धान गर्नुपर्ने क्रममा अनुसन्धानले पूर्णता नै नपाउँदा सम्बन्धित मन्त्रालयको नेतृत्वसँग जोडेर प्रचार प्रचार गर्ने हो भने शासन व्यवस्था ठिक ढंगले चल्न नसक्ने उहाँले बताउनुभयो ।

गृहमन्त्री लेखकले यसअघि कर्मचारीमाथि अख्तियारले छानबिन गर्दैमा मन्त्रीले राजीनामा दिएको अवस्था नरहेको भन्दै आफूले पनि न्याय पाउनुपर्ने जिकिर गर्नुभयो ।

उहाँले आफूबिरुद्ध कुनै उजुरी वा कुनै छानबिन नभएको अवस्थामा पूर्वाग्रह राखेर कर्मचारीमाथि भएको अनुसन्धानलाई राजनीतिक नेतृत्वसँग जोड्न खोजिएको उल्लेख गर्नुभयो । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार