Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us
त्रिदेशीय टी–२०आई सिरिज

तेस्रो सुपर ओभरमा नेपाल पराजित

तेस्रो सुपर ओभरमा नेपाल पराजित

काठमाडाैं । स्कटल्याण्डमा जारी त्रिदेशीय टी–२०आई सिरिजमा नेदरल्यान्ड्ससँग नेपाल तेस्रो सुपर ओभरमा पराजित भएको छ ।

नेदरल्याण्ड्सले दिएको १५३ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ८ विकेट गुमाएर १५२ रन बनाएपछि खेल सुपर ओभरमा गएको हो । त्यसपछि लगातार दुई सुपरमा पनि स्कोर बराबरी भएपछि खेल तेस्रोपटक सुपर ओभरमा गएको थियो ।

तेस्रो सुपर ओभरमा नेपालले कुनै पनि रन जोड्न सकेन । नेपालका कप्तान रोहित पौडेल र रुपेश सिंह कुनै पनि रन नजोडी आउट हुँदा नेदरल्यान्डसले १ रनको लक्ष्य पाएको थियो ।


नेदरल्यान्डसले पहिलो बलमै छक्का प्रहार गर्दै नेपालमाथि तेस्रो सुपर ओभरमा जित निकाल्न सफल रह्यो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार