काठमाडौं । राष्ट्रिय सहकारी महासंघकी अध्यक्ष ओमदेवी मल्लले सहकारी क्षेत्रका समस्या समाधान गर्न अभियानमा एकता आवश्यक भएको बताएकी छिन् ।
नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) ले आइतबार आयोजना गरेको ‘नेपालको सहकारी अभियानमा वित्तीय सहकारीहरुको आगामी मार्गचित्र’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष मल्लले भनिन, ‘सहकारी क्षेत्रमा देखिएको समस्या समाधान गर्ने र सहकारीमा सुशासन कायम गराउने विषय अरुले आएर गर्दिदैन । सहकारीका सञ्चालक, कर्मचारी र सदस्यहरु मिलेरै समस्या समाधान गर्ने हो । त्यही भएको अभियानकर्मी एक जुट हुनुको विकल्प छैन ।’
नेपाल सरकार लगायत अन्य नियामक निकायको सहयोग लिएर समस्यालाई समाधानमा सबै जुट्नु पर्नेमा जोड दिइन् । जति सहकारीहरु समस्यामा परेका छन् तिनीहरु बचत तथा ऋणका मात्रै रहेको बताउँदै अध्यक्ष मल्लले अझै चिन्तित् भएर समस्या समाधानमा सबैजना लाग्नुपर्ने धारणा राखिन् ।
नेपालका सहकारी संघहरुले आफ्नो विनियम अनुसार काम गर्न नसकेको समेत अध्यक्ष मल्लले बताइन् । ‘जतिनै ठूलो कुरा गरे पनि संघ मातहतका सहकारीहरुलाई सुशासन, पारदर्शिता, आर्दश, नैतिकताको पाठ सिकाउन सकेको भए आज यो समस्या आउँथ्यो र ? हामी कहाँ चुक्यौ ? यसको समिक्षा जरुरी छ’, अध्यक्ष मल्लले भनिन् ।
‘संघमा आवद्ध सहकारीलाई बलियो बनाउने काम संघहरुको पनि होला नि तरु सदस्यता शुल्क लिने मात्रै काम संघहरुको हो र रु संस्थाहरुलाई परेको समस्या समाधान गर्ने जिम्मेवारी संघको होला नि त रु’ अध्यक्ष मल्लले भनिन्, ‘समस्याहरु एकद्वार प्रणालीबाट उठाउनु पर्यो । महासंघमा छलफल गर्नुपर्यो र एकद्वार प्रणालीबाट समस्या समाधानका लागि पहक कदमी अघि बढ्नुपर्यो । कुनै पनि संघहरुको समस्या समाधानका लागि महासंघ हरपल साथ दिन तयार छ ।’
१८ वटा केन्द्रीय संघहरु मध्ये केहीको नाम लिन पनि लाज लाग्ने अध्यक्ष मल्लले बताईन । ‘संघ बनाएका छन्, कति वर्षदेखि साधारण सभा समेत भएका छैनन् । यसको औचित्य के हो ?’, उनले भनिन्, ‘आउनुस् बसौं । कतिवटा संघहरु बनाउँदा राम्रो हुन्छ त्यतिवटै बनाऔं । होइन भने किन संघ बनाएको, यसको काम र औचित्य के हो ? बसेर छलफल गरौं ।’
अभियानकर्मीको मात्रै नभएर सरकारकै कारण पनि केही समस्याहरु आएको उनले बताइन् । सहकारी ऐनमा समवेश भएका व्यवस्थाहरु सरकारले समयमै सम्बोधन नगर्दा पनि केही समस्याहरु आएको उनको भनाइ थियो ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com