भक्तपुर। भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघका पूर्व संचालकबिच भावी रणनीति विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । साउन १० गते आयोजित कार्यक्रममा संघका अध्यक्ष कृष्णगोविन्द लाखाजुले सरकारले सहकारी ऐन संशोधन, निर्देशन तथा मापडण्द जारी गरेर नियन्त्रण गर्नु स्वभाविक रहेको बताउनुभयो । सहकारीलाई शुद्धिकरण गर्न वा दिगो बनाउनकै लागि ऐेन कानुन, निर्देशन र मापदण्ड जारी भएता पनि कतिपय व्यवस्थाले भईरहेको राम्रो पक्षलाई पनि समस्यामा ल्याउने गरेको उहाँले बताउनुभयो ।
ती कुराको अभियानले विरोध र संशोधनका लागि निरन्तर बहस पैरवी गर्नुपर्ने बताउनुभयो । अभियानको निरन्तर बहस पैरवीले जारी सहकारी ऐनमा संशोधन गर्न सक्नु अभियानको सफलताको रुपमा लिनुपर्ने उहाँको भनाई थियो । उहाँले सहकारी ऐनका व्यवस्था प्रतिकुल हुने गरी जारी निर्देशन तथा मापदण्ड कार्यान्वयनमा नआउने भएकोले संशोधन हुनेमा विश्वस्त रहन आग्रह गर्नुभयो ।
संघका संस्थापक अध्यक्ष राजेन्द्र दुमरुले संघले सहकारीको राइफेशन मोडल अनुसार सहकारीलाई अगाडी बढाउनुपर्ने विचार राख्नुभयो । उहाँले सहकारी बैंक नभएकोले बैंकको मोडलमा सहकारी जान नहुने प्रष्ट पार्दै संघले प्रारम्भिक संस्थाहरुको समस्या पहिचान गरी समाधानका उपाय खोज्न मद्दत गर्नुपर्ने विचार राख्नुभयो ।
कार्यक्रममा स्वागत मन्तव्य दिदै संघका उपाध्यक्ष हरिकृष्ण बल्लले पूर्व संचालक बीच संघको भावी रणनीतिका विषयमा छलफल गरी संघको भावि रणनीति बनाउनमा टेवा पुग्ने बताउनु भयो । उहाँले विगतले आगतलाई स्वागत गर्दछ भन्दै अग्रजहरुलाई स्वागत गर्नु भएको थियो ।
संघका प्रमुख कार्यकारी अधिकृत बालकृष्ण धोजुले संघले विगत देखि गरेको उपलब्धीबारे प्रतिवेदन प्रस्तुत गदै संघको भावी रणनीति योजना अन्तर्गत नियमित बचत बढाउने, संघको सरदर शेयरलाई प्राथमिकता दिने, अनुगमन तथा निरिक्षणलाई बढावा दिने, बहस पैरवीे, सदस्य केन्द्रीत सेवा, वित्तीय साक्षरता तथा शिक्षा तालिम कार्यक्रमलाई निरन्तरता दिने, सामाजिक सुरक्षा कोषमा आबद्ध हुने लगाएतका भावि कार्यक्रमबारे प्रस्तुत गर्नु भएको थियोे ।
संघका पूर्व संचालकहरुले तरलता व्यवस्थापन, प्राविधिक सहयोग, बहस पैरवी लगाएतका विषयमा संघले खेलेको भुमिकाको प्रशंसा गरी निरन्तरताको कामना गर्नुभयो । साथै सहकारी अभियानलाई बचाउन सहकारीलाई कारोबारका आधारमा वर्गिकरण, लगानीे क्षेत्र पहिचान लगाएतका विषयमा संघ लाग्नुपर्ने विचार राख्नुभयो । उक्त कार्यक्रममा संचालक समिति, लेखा सुपरिक्षण समिति, पूर्व संचालक र कर्मचारी सहित ३० जनाको सहभागिता जनाएको छ ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com