काठमाडौं । नेपाल राष्ट्र बैंकका निर्देशक डा.राम शरण खरेलले बचत तथा ऋण सहकारी संस्थाको लागि जारी गरिेएको पछिल्लो मापदण्ड तथा निर्देशन लागु नहुने बताएका छन् । ललितपुर बचत संघको आयोजनामा सुरु भएको सिईओ वर्कसपमा ‘सहकारीमा पूजी पर्याप्तताको आवश्यकता र औंचित्यता’ माथि कार्यपत्र प्रस्तुत गर्दै उनले केन्द्रीय बैंकले प्रतिस्थापन विधेयक पारित हुनु अगावै मापदण्ड तयार गरेकाले संस्थाका लागि यो निर्देशन अनिवार्य नभएको जनाए ।प्राधिकरण आफैमा स्वायत्तता र शक्तिशाली भएकाले सहकारी संस्थाका लागि मापदण्ड र निर्देशन ल्याउने उनले जनाए ।
राष्ट्रिय सहकारी प्राधिकरण गठन भई सकेको हुनाले प्राधिकरणले जारी गर्ने मापदण्ड नै अन्तिम हुने उनको भनाई छ । राष्ट्र बैंकले जारी गरेको निर्देशन सहकारीको लागि स्वेच्छिक मात्र भएको उनको भनाई छ । प्राधिकरण गठन भइसकेको अवस्थामा उसले नै निर्देशन तथा मापदण्ड जारी गर्ने भएकाले केन्द्रीय बैंकले यसलाई अन्तिर रुप दिन आवश्यक नठानेको उनको भनाई छ । अब प्राधिकरणबाट जारी हुने निर्देशन तथा मापदण्ड संस्थाहरुको लागि बाध्यकारी हुने उनले जानकारी दिए । सहकारिताको मर्म अनुसार सञ्चालित,न्युनत मापदण्ड पालना गरेका र सञ्चालक तथा व्यवस्थापकबीच व्यवसायिक ज्ञान र क्षमता हुने सकेका संस्था राम्रो हुने उनको भनाई छ ।
बचत ऋण सहकारीको लागि न्युनतम मापदण्ड आवश्यक पर्ने भन्दै उनले न्युनत मापदण्ड भित्र पल्र्सको पालना नै मुख्य रहेको उनले बताए । पल्र्सलाई कतिपय सहकारी संस्थाले पालना गरेको भए पनि त्यसलाई हेरिदिने निकाय नभएको उनले बताए । कतिपय सहकारीमा पल्र्सको राम्रोसँग पालना नभएको र बैकहरुको जस्तै सिष्टम भए सहकारी राम्रो हुन्छ भन्ने सोच सहकारीकर्मीमा आएको उनको भनाई छ । पूँजी कोषको आधारमा संस्था सञ्चालन गर्ने कुरा कानुनमा नै आएको र पुँजीको आधारमा संस्था सञ्चालन गर्दा राम्रो हुन्छ भन्ने सोचले यो व्यवस्था आएको खरेलले बताए ।
संस्था सञ्चालनको लागि तरलता अनुपात र पुँजी प्रयाप्त नै मुख्य भएको उनको भनाई छ । यी दुई कुरालाई ध्यान दिन सके संस्था सबल हुने उनले जनाए । सहकारी संस्था क्यापिटल बेसमा सञ्चालन हुने संस्था नभए पनि उनले अहिले केही संस्थाले बैंकको सरह कारोबार गर्ने गरेकाले पुँजी कोष आवश्यक परेको बताए । बचत तथा ऋण सहकारी संस्थाको लागि ८ प्रतिशत पुँजी कोषको व्यवस्था गरेको उनले जानकारी दिए ।लघुवित र अन्य देशमा पनि ८ प्रतिशत रहेकाले नेपालमा पनि सोही अनुसार पुँजी प्रयाप्त कायम गरेको उनको भनाई छ । सहकारी संस्थाको लागि ४ नभई ८ प्रकारको ऋणको वर्गिकरण गर्दा राम्रो हुने उनले सुझाए । संस्थामा पुँजी प्रयाप्त हुन ऋणको वर्गिकरण र जोखिम भार नै मुख्य भएको उनले जानकारी दिए ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com