Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us

मुख्यमन्त्री हैसियतमा पाउने सुविधा नलिने बानियाँको घोषणा

मुख्यमन्त्री हैसियतमा पाउने सुविधा नलिने बानियाँको घोषणा

काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आफू पदको लागि र फोटो टाँस्नको लागि मात्रै मुख्यमन्त्री नभएको बताउनुभएको छ । नेपाल किसान महासंघ बागमती प्रदेशको प्रथम अधिवेशनलाई बिहीबार उद्घाटन गर्दै उहाँले यस्तो बताउनुभएको हो । पारदर्शी, उत्तरदायी र जनताप्रतिको जिम्मेवारी भएर काम गर्ने लक्ष्यसहित आफू मुख्यमन्त्री भएको उहाँको भनाइ छ ।

‘पारदर्शी, उत्तरदायी, जिम्मेवारी र जनताप्रतिको जिम्मेवारी भएर काम गर्ने लक्ष्य सहित म मुख्यमन्त्री भएको हो । पदको लागी, फोटो टाँस्न म मुख्यमन्त्री भएको होइन,’ उहाँले भन्नुभयो ।

आफूले काम गरेर देखाउने भन्दै उहाँले मुख्यमन्त्रीको हैसियतमा पाउने सुविधा समेत नलिने घोषणा गर्नुभएको छ । ‘अर्को कुरा म आफैँले पाउने सेवा सुविधा, मुख्यमन्त्रीको हैसियतले पाउने सुविधा म लिन्नँ,’ बानियाँले भन्नुभयो । आफूले मुख्यमन्त्री भएपछि पहिलो निर्णय नै प्रदेशभित्र रहेका गरिब विपन्नहरुको पक्षमा हुने गरी दाबी उहाँले गर्नुभयो । 

गरिब, विपन्न, सीमान्तकृत, दलित, चेपाङ, जिरेल, भोटे, बनकरियाहरूमध्येका छोराछोरीहरूलाई प्रदेश सरकारले २र२ वटा मेडिकल डाक्टर, आयुर्वेद डाक्टर र पशु चिकित्सक डाक्टर गरी ६ जनालाई छात्रवृत्तिमा डाक्टर पढाउने उहाँले बताउनुभयो ।

‘मैले पहिलो निर्णय नै बागमती प्रदेशभित्र रहेका गरिब, विपन्न, सीमान्तकृत, दलित, चेपाङ, जिरेल, भोटे, बनकरियाहरु मध्येका छोराछोरीहरूलाई अहिले २ वटा मेडिकल डाक्टर, २ वटा आयुर्वेद डाक्टर, २ वटा पशु चिकित्सक डाक्टर गरी ६ वटा डाक्टर प्रदेश सरकारले पढाउने निर्णय गरेँ र १० वटी गरिबका छोरीहरूलाई नर्स पढाउने निर्णय गरिसकेँ,’ बानियाँले भन्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार