Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us
खेल

नेपाल प्रहरी विद्यालय चेस शुरु

नेपाल प्रहरी विद्यालय चेस शुरु

काठमाडौँ । काठमाडौँको सामाखुसी स्थित नेपाल प्रहरी स्कूल प्राङ्गणमा दोस्रो एनपिएस विद्यालय स्तरीय बुद्धिचाल प्रतियोगिता शुरु भएको छ ।  शनिबार देखि सुरु भएको सिनियर तथा जुनियर छात्रछात्रा चारवटै समूहगत विधातर्फ गरि चौथौं चरणको खेल सम्पन्न भएका छन्।

कक्षा ९ देखि १२ सम्मका सिनियर विद्यार्थी छात्रतर्फ मोडर्न इन्डियन स्कुलका आशिष गुप्ता, बृहस्पति विद्या सदनका अर्हान्त महर्जन,  क्यानभास इन्टरनेसनल कलेज बसुन्धराका अल सैयद मोहम्मद जस्मिन र मातृभूमि बोर्डिङ स्कूलका सविन प्रजापतिले पूर्ण ४ अंक जोडेर संयुक्त शिर्ष स्थानमा रहेका छन्।  यसै समूहमा डाफोडिल सेकेन्डरी बोर्डिङ स्कुलका सूर्य पौडेल, सेन्ट जेभियर्स स्कुलका सविध ढुङ्गाना, मार्बलस ईंग्लिस सेकेन्डरी स्कुलका सफल खड्गी, माउन्ट ग्लोरी इन्टरनेसनल स्कुलका आयुष भण्डारी, सम्पदा विद्या मन्दिरका डेविड श्रेष्ठ, जेभियर्स एकेडेमीका साहिल श्रेष्ठ, शिवपुरी सेकेन्डरी स्कूलका प्रविन राना मगर, क्यापिटल स्कुलका विराज अधिकारी लगायतले समान ३ अंक जोडेकाछन्।

यसैगरी छात्रा विद्यार्थी सिनियर तर्फ आयोजक नेपाल प्रहरी स्कुलका मन्दिरा गिरी र रिलायन्स इन्टरनेसनल एकेडेमीका राधिका पौडेल समान ४ अंक जोडेर अग्रस्थानमा रहन सफल भएकी छिन् भने मोक्षदा सदन स्कुलका सुवानी बास्कोटाले साढे ३ अंक हात पारी दोस्रो स्थनामा छिन्। त्यस्तै बौद्ध चिल्ड्रेन बोर्डिङ स्कुलका दिव्यानी श्रेष्ठ, जेभियर्स एकेडेमीका सिन्जिला नकर्मी, सेन्ट जेभियर्स स्कुलका मानस्वी शर्मा, एभरेष्ट सेकेन्डरी स्कुलका हर्षिका श्रेष्ठ र डाफोडिल बोर्डिङ स्कुलका चोइङ्ग शेर्पाले समान ३ अंक जोडेकी छिन्।

481b26c7-a453-4767-85b2-f1e8838f8ec3.jpg
undefined

कक्षा ५ देखि ८ सम्म जुनियर विद्यार्थी छात्र तर्फ निटेन मेमोरियल स्कुलका पेम्बा शेर्पा, डाफोडिल पब्लिक स्कुलका देवनस श्रेष्ठ, मार्भलस ईङ्गिस बोर्डिङ् स्कूलका बृजनन्दन दास र अलचेमिस्ट एकेडेमीका वचन सिलवालले समान ४ अंक बटुल्दै  संयुक्तरूपमा अग्रता लिएका छन्। छात्रा विद्यार्थी तर्फ बौद्ध चिल्ड्रेन हेभेन स्कुलका ल्होमु तामाङ र  फ्युचर स्टार एकेडेमी ललितपुरका ग्लोसी श्रेष्ठले समान ४ अंक हात पार्दै अग्रता लिन सफल भएकी छिन्।   यसै समूहतर्फ मारर्भेलस उथलपुथल बोर्डिङ स्कूलका क्रिष्टी रिजाल, लालिगुराँस स्कुल गोदावरीका कामना थापामगर, नेशनल युनाईटेडकी क्रिष्टिना राईले, अन्नपूर्ण हाइएर सेकेन्डरी स्कूलका तृष्टीना बस्नेत, नियेम मेमोरियल स्कुलका परिक्षा बोलाखे र सरस्वती एकेडेमी स्कूलका श्रीया डंगोल समान ३ अंक जोडेर संयुक्त दोस्रो स्थानमा छन् ।

नेपाल प्रहरी विद्यालयको वार्षिक शैक्षिक क्यालेन्डर अनुसार विद्यालयका प्रधानाध्यापक रामप्रसाद भुसालको सभापतित्वमा भएको दोस्रो संस्करण प्रतियोगिताको उद्घाटन  काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरिक्षक ओम बहादुर रानाले गर्नु भयो। नेपाल बुद्धिचाल महासंघका अध्यक्ष हेराकाजी महर्जनको समेत उपस्थिति रहेको दुईदिने प्रतियोगितामा ८७ विद्यालयका १८७ विद्यार्थी खेलाडीहरुको सहभागीता रहेको छ। आइतबार प्रतिस्पर्धाका बाकि खेल पश्चात पुरस्कार वितरण कार्यक्रम सम्पन्न हुनेछ।

c039bb5c-a9ab-41c0-b319-76572f991609.jpg
undefined

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार