Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us

कर्मचारीलाई राजनीति नगर्न नगर प्रमुख कार्कीको निर्देशन

कर्मचारीलाई राजनीति नगर्न नगर प्रमुख कार्कीको निर्देशन

काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतका रुपमा सरुवा हुनुभएका पुरुषोत्तम सुवेदीले आजबाट कार्यभार सम्हाल्नुभएको छ ।

उहाँ धादिङको नीलकण्ठ नगरपालिकाबाट सरुवा भई आउनुभएको हो । उहाँलाई नगरप्रमुख उपेन्द्र कार्की, उप प्रमुख शान्ता थापालगायत कर्मचारीहरुले स्वागत गर्नुभएको हो ।

नगरपालिकामा आज आयोजित स्वागत कार्यक्रममा नगर प्रमुख कार्कीले कर्मचारीहरुलाई राजनीति नगर्न र कामसँगै अनुशासनमा ध्यान पुर्याउन निर्देशन दिनुभयो । सबैले तहगत जिम्मेवारी पुरा गर्नु पर्नेमा जोड दिँदै उहाँले प्रक्रियागत ढंगले आएका कामहरु कुनै पनि बहानामा नरोक्न सुझाब दिनुभयो ।

यसैगरी प्रमुख प्रशासकीय अधिकृत सुवेदीले जनताको काममा पर्खेर नबस्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । जनप्रतिनिधि र प्रशासनबीच नङ र मासुको सम्बन्ध हुनु पर्नेमा जोड दिँदै उहाँले कर्मचारीलाई कुनै समस्या भए आफुसँग कुरा गर्न सुझाउनुभयो । दैनिक सेवा प्रवाहमा कुनै पनि समस्या हुन नहुने भन्दै उहाँले यहाँका समस्यासँग जनप्रतिनिधिको सुझावसहित कार्य सम्पादन गर्ने बताउनुभयो ।

534547522_1053511670199169_5705246352946000592_n.jpg
undefined

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार