Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us

हुलाक टिकटमा सरदार भीमबहादुर पाँडे

हुलाक टिकटमा सरदार भीमबहादुर पाँडे

काठमाडौं । सञ्चार तथा सूचनाप्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले हुलाक टिकटले देशभक्त र राष्ट्रसेवकको खोजी गर्दै जीवन्त बनाउने अभियानमा लाग्नुपर्ने बताएका छन् ।

काठमाडौँमा मंगलबार हुलाक सेवा विभागद्वारा आयोजित सरदार भीमबहादुर पाँडेको हुलाक टिकटको प्रथम दिवसीय आवरणमा टाँचा प्रदान गर्दै मन्त्री गुरुङले हुलाक टिकटले इतिहास जोगाउने भन्दै यसमार्फत राष्ट्रसेवकलाई राष्ट्रिय तथा अन्तराष्ट्रियस्तरमा चिनाउन मद्दत गर्ने विश्वास व्यक्त गर्नुभयो ।

 काजी कालु पाँडेका छैठौँ पुस्ताको सन्तति सरदार भीमबहादुर पाँडे भारतबाट वाणिज्यशास्त्र विषयमा स्नातकोत्तर गर्ने पहिलो नेपाली समेत हुनुहुन्छ । प्रशासन, कूटनीतिक, लेखन लगायत समाजसेवामा उनको विशेष योगदान रहेकाले सम्मान स्वरुप हुलाक टिकट प्रकाशन गरिएको मन्त्री गुरुङले बताउनुभयो ।

कार्यक्रममा सरदार भीमबहादुर पाँडेका आफन्त, छोराछोरीलगायतको सहभागिता थियो ।

bhimbdr-1755586614.jpg
undefined

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार