Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us

कृषि उद्यम विकासका लागि एग्रो डेभलपमेन्ट फण्डको तयारी

कृषि उद्यम विकासका लागि एग्रो डेभलपमेन्ट फण्डको तयारी

काठमाडौं। कृषिमा आधारित उद्योग व्यवसायको विकास र बिस्तारमा सहयोग गर्ने गरि काठमाडौंमा एग्रो डेभलपमेन्ट फण्डको तयारी सुरु गरिएको छ।

कृषि क्षेत्रको विकासबाट मात्र रोजगारी श्रृजना हुन सक्ने, आयात प्रतिस्थापन गर्न सकिने र नेपालीको जीवन स्तर सुधार गर्न सकिने निर्विवाद छ। राज्यले कृषिलाई प्राथमिकतामा राखे तापनि सहि उद्यमीले सहयोग पाउन सकेका छैनन्। बैंकको सावाँ किस्ता र ब्याजको बोझ तथा विशेषज्ञ सेवा नपाउँदा अधिकांश उद्योग व्यवसाय अहिले समस्यामा छन्।

यही अवस्थालाई बिचार गरि बीरगंज र काठमाडौंका उद्यमी, व्यवसायी तथा बैंक र बीमा क्षेत्रका सफल ब्यक्तित्वहरू मिलेर ‘एग्रो डेभलपमेन्ट फण्ड लिमिटेड’ कम्पनीको स्थापना गरेका छन्। कम्पनीको मुख्य प्रवर्धकमा नेक्सजेन म्यानेजमेन्ट समूह, क्वेष्ट फर्मास्युटिकल्स समूह र कृषि उद्यमी शिवजी कलवार समूह तथा बैंक र बीमा विज्ञहरू रहेका छन्। कम्पनीमा नेक्सजेन म्यानेजमेन्ट एण्ड ईक्विटि सोलुसन्स लिमिटेडको सबै भन्दा बढि २३.३३ प्रतिशत लगानी रहेको छ।

पचास करोड अधिकृत पूँजी र तत्काल चुक्ता पूँजी दश करोड रहेको यो कम्पनी २०८२ आषाढमा कम्पनी रजिष्ट्रारमा दर्ता भैसकेको थियो। प्राईभेट ईक्विटिको कारोबार ईजाजतको लागि आवश्यक सबै प्रकृया पुर्याई श्रावणको दोश्रो साता नेपाल धितोपत्र बोर्डमा समेत पेश गरि सकिएको छ।

पाँच सदस्यीय सञ्चालक समितिको अध्यक्षमा रमेश कुमार भट्टराई र सञ्चालकहरूमा बिजय बहादुर शाह, उमेश लाल श्रेष्ठ, श्रीचन्द्र भट्ट र प्रमोद कुमार साह रहेका छन्।

नेपालमा कृषि लगायत अन्य उद्योग ब्यवसायमा बिगतमा आवश्यक फण्ड जुटाउन स्वपूँजी र बैंक कर्जाको मात्र व्यवस्था थियो। स्वलागत(ईक्विटि) भन्दा बैंक कर्जा बढी हुँदा अत्याधिक ब्याज र किस्ता तिर्न नसकेको कारण अधिकांश उद्योग व्यवसाय चल्न नसकि रुग्ण भएका वा बन्द भएका थिए।

एग्रो डेभलपमेन्ट फण्ड लिमिटेड समस्यामा परेका त्यस्ता कृषि उद्यमीलाई सहयोग गर्ने गरि कम्पनी सञ्चालन आउन लागेको र सोको सम्भावना बारेमा राज्य सरकार, संघीय सरकार र अन्तर्राष्ट्रिय संघ संस्थाका निकायसँग समन्वयको लागि प्रारम्भिक सम्पर्क पनि गरिसकेको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार