Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us

लिजामा कागेश्वरी मनोहरा नगरपालिकाको हालसम्मकै उच्च अंक, नगरपालिकाप्रतिको विश्वासले सम्भव भएको नगरप्रमुखको भनाइ

लिजामा कागेश्वरी मनोहरा नगरपालिकाको हालसम्मकै उच्च अंक, नगरपालिकाप्रतिको विश्वासले सम्भव भएको नगरप्रमुखको भनाइ

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/८१ को स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (लिजा) मा कागेश्वरी मनोहरा नगरपालिकाले हालसम्मकै उच्च अंक ८३.७५ प्राप्त गरेको छ । काठमाडौं जिल्लाका ११ पालिकामध्ये कागेश्वरी मनोहरा तेस्रो स्थानमा उक्लिएको छ। नागार्जुन नगरपालिका ८६.५० अंकसहित पहिलो, टोखा र बुढानिलकण्ठ नगरपालिका ८५.२५ अंकसहित दोस्रो स्थानमा छन्। यसैगरी, बागमती प्रदेश अन्तर्गत १३७ स्थानीय तहमध्ये कागेश्वर मनोहरा नगरपालिका प्रथम भएको छ । कागेश्वरी मनोहरा नगरपालिकाले यसलाई 'ऐतिहासिक उपलब्धि' को  संज्ञा दिएको छ । 

क्रमिक सुधारतर्फ अघि बढिरहेको भन्दै नगरपालिकाले भविष्यमा अझ उत्कृष्ट अंक प्राप्त गर्ने दाबी गरेको छ । स्मरणीय छ, नगरपािलकाले आ.व. २०७६/०७७ मा ६८ अंक, २०७७.०७८ मा ७१.५ अंक, २०७८/०७९ मा ६१.५ अंक र २०७९/०८० मा ६७.२५ अंक हासिल गरेको थियो । तुलनात्मक रुपमा पछिल्लो वर्षको अंक आफैमा प्रगतिको वास्तविक र वैज्ञानिक सूचक भएको नगरपालिकाको भनाइ छ ।

नगरप्रमुख उपेन्द्र कार्कीको भिजनरी नीतिगत नेतृत्व एवम् प्रशासनिक चुस्तताका बलमा यो नतिजा सम्भव भएको पनि नगरपालिकाले जनाएको छ । उहाँले संस्थागत क्षमता अभिवृद्धि, पारदर्शिता, सेवा प्रवाहमा सहजता र स्थानीय सरकारको दिगोपनामा नगरपालिकाले निरन्तर ध्यान दिएको बताउनुभएको छ । 

नगरप्रमुख कार्कीले यो उपलब्धि व्यक्तिगत नभई सम्पूर्ण नगरवासीको, नगरकर्मीहरूको र नगरपालिकाप्रति सरोकारवालाहरुले देखाएको विश्वासको जित भएको बताउनुभएको छ । उहाँले भन्नुभयो,' पारदर्शिता, सुशासन र नतिजामुखी नेतृत्वप्रति हाम्रो प्रतिबद्धता यस अंकले प्रमाणित गरेको छ । अबको यात्रा अझ मजबुत, जिम्मेवार र नागरिकमैत्री नगरपालिका निर्माण तर्फ केन्द्रित हुने विश्वास दिलाउन चाहन्छु ।'

DSC00302_11zon_11zon.jpg
undefined

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार