Aug 01 2026 | २०८३, साउन १६ गते

Aug 01 2026 | २०८३, साउन १६ गते

Follow us

बर्दिवास साकोसद्वारा तीजको अवसरमा सदस्य बिस्तारित भेला आयोजना

बर्दिवास साकोसद्वारा तीजको अवसरमा सदस्य बिस्तारित भेला आयोजना

काठमाडौं । महोत्तरीको बर्दिबासस्थित बर्दिवास बचत तथा ऋण सहकारी संस्थाले सदस्य बिस्तारित भेला तथा तीज कार्यक्रम सम्पन्न गरेको छ । संस्थाको पर्व बचत योजनामा सहभागी महिला सदस्यहरुको लागि बिस्तारित भेला तथा तीज बिशेष कार्यक्रम गरेको हो ।

कार्यक्रम सस्थाको महिला उपसमिति संयोजक सरिता गौतमको अध्यक्षतामा सस्थाका वरिष्ठ उपाध्यक्ष राम नरेश महतोको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । सस्थाका संचालक, लेखा सुपरिवेक्षण समिति, महिला उपसमिति, विभिन्न उपसमितीका सदस्यहरु तथा कर्मचारिहरु समेत करिव सयजना महिला सदस्यहरुको सहभागिता रहेको संस्थाका मुख्य ब्यवस्थापक रमेशबहादुर सिंहले जानकारी दिए ।

संस्थामा ३ हजार ६ सय सदस्य कुल सदस्य मध्ये १ हजार ५८५ जना महिला सदस्य रहेका छन् । संस्थामा २ करोड ३८ लाख ४३ हजार सेयर पूँजी, १ करोड ५६ लाख ८३ हजार जगेडा कोष र २ करोड ८२ लाख ३८ हजार अन्य कोषमा रहेको छ ।

२३ करोड ६३ लाख १६ हजार कूल सम्पति सहेको संस्थाको १ करोड ५६ लाख ८३ हजार संस्थागत पूँजी रहेको छ । संस्थाले १६ करोड ८६ लाख २७ हजार बचत संकलन गरी १७ करोड २५ लाख २४ हजार ऋण लगानीमा रहेको जनाएको छ । संस्थामा ५६७ जना ऋणी सदस्य रहेका छन् ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार