Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us
स्वास्थ्य

हैजाका बिरामीको उपचारमा अभाव र समस्या हुन नदिने प्रतिबद्धता

हैजाका बिरामीको उपचारमा अभाव र समस्या हुन नदिने प्रतिबद्धता

काठमाडौं। स्वास्थ्य मन्त्री प्रदीप पौडेलले हैजाका बिरामीको उपचारमा सरकारले अभाव र समस्या हुन नदिने गरी काम गरिरहेको बताउनुभएको छ । सोमबार हैजा प्रभावित क्षेत्र वीरगञ्जको अनुगमनका लागि पुग्नुभएका मन्त्री पौडेलले बिरामीको उपचारमा कुनै पनि प्रकारको अभाव र समस्या हुन नदिने गरी सरकारले प्रयत्न गरिरहेको बताउनुभयो ।

यो महामारीको समयमा सबै पक्षले मानवीयतालाई ख्याल राखेर सहयोग गर्नुपर्ने भन्दै उहाँले निजी अस्पतालहरूलाई पनि हैजाका बिरामीको उपचारमा सहयोगका लागि आह्वान गर्नुभयो ।

उहाँले भन्नुभयो, बिरामीको स्वास्थ्य परीक्षणका लागि प्राइभेट अस्पताललाई पनि किट उपलब्ध गराउँछौँ । सरकारले अन्य औषधि पनि उपलब्ध गराउँदा उहाँहरूले उपचारमा न्यून शुल्क लिएर बिरामीलाई सुविधा दिने अवस्था आउँछ भने हामी छलफल गर्न तयार छौँ । निजी अस्पतालहरूले पनि अहिले मानवीयतालाई ख्याल गरेर सहयोग गर्नुपर्ने अवस्था हो ।’

निजी अस्पतालहरूले पनि यही समाजमा सेवा पुर्‍याइरहेको भन्दै मन्त्री पौडेलले सरकार तिर मात्रै ताकेर नभइ निजी क्षेत्रको तर्फबाट पनि सहयोग गरी योगदान गर्ने बेला भएको उल्लेख गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार