Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us

महानगर -विभागको संयुक्त टोली अनुगमनमा

महानगर -विभागको संयुक्त टोली अनुगमनमा

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागसँगको सहकार्यमा बजार अनुगमनका लागि घुम्ती खाद्य प्रयोगशाला सञ्चालन गरेकाे छ । यसको पहिलो प्रयोग स्त्री तथा प्रसुति रोग अस्पताल र नर्भिक अस्पताल थापाथलीमा सञ्चालित क्यान्टिनहरुमा गरिएको जनाएकाे छ ।

यसपछि अनगुमन टोलीले खाद्य व्यवसाय सञ्चालन हुने स्थानहरुको खाद्य स्वच्छता तथा गुणस्तर निरीक्षण, खाद्य नमूनाहरुको स्थलगत परीक्षण र विश्लेषणका लागि प्रयोगशाला सञ्चालन गर्ने जनाएकाे छ ।

४ भन्दा धेरै प्रकार परीक्षण गर्ने क्षमता रहेको घुम्ती प्रयोगशालाका उपकरणले बजारबाट संकलित नमुना तत्कालै परीक्षण गरी नतिजा देखाउन सक्ने बताइएको छ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य अनुसन्धान अधिकृत श्रीराम न्यौपानेका अनुसार प्रयोगशालामा फलफूल तथा तरकारीमा विषादीको अवषेशको परिणाम परीक्षण गर्ने उपकरण (आरबीपीआर) छ।

यस्तै दूधमा भएको चिल्लो पदार्थ मापन गर्न गर्वर सेन्ट्रिफ्युज, दूधमा भएको सोडा, चिनी, नुन, ग्लुकोज आदि परीक्षण गर्ने मिल्क एडल्टरेसन किट, दूधको सोलिड नट फ्याट (एसएनएफ) परीक्षण गर्ने ल्याक्टोमिटर, पानीमा एनोमिया र रेसिडुवल क्लोरिनको परीक्षण गर्ने वाटर एडल्टरेसन किट, पानीको पीएच परीक्षण गर्न पीएच मिटर छन्।

संकलित खाद्य पदार्थ नमुनाको तौल जाँच्ने उपकरण ब्यालेन्स, खाद्य पदार्थको नमुना परीक्षण लागि आवश्यक पर्ने वाटर बाथ, जलांश परीक्षण गर्ने मोइस्चर ब्यालेन्स पनि प्रयोगशालामा छन्। नमुना खाद्य पदार्थ जाँच्न पिँधेर मसिनो पार्ने ग्राइन्डर, खाद्य पदार्थका नमुनालाई एकरूपता प्रदान गर्ने स्याम्पल होमोजिनाइजर, तेलको गुणस्तर परीक्षण गर्ने कुकिङ् आयल टेस्टर (टीपीएम मिटर) छन्।

तेल, घ्यूजस्ता खाद्य पदार्थको रिफ्रयाक्टिभ इन्डेक्सस जुस, टोमाटो सस, जाम, टोमाटो केटचप, फलफुल जुसमा टीएसएस (सम्पूर्ण घुलनशील ठोस) परीक्षण गर्ने रिफ्राक्टोमिटर छ।

नमुना परीक्षण गर्न मिश्रण गर्न प्रयोग हुने भर्टेक्स, अम्लता (एसिडिटी) हेर्ने अटोमेटिक ब्युरेट, तापक्रम परीक्षण गर्ने टेम्प्रेचर प्रोब छ। हानिकारक रसायनमा काम गर्ने छुट्टै फियुम हुड च्याम्बर छ। खाद्य पदार्थको नमुना राख्ने रेफ्रिजेरेटर छ। उपकरणहरूसँग जोडेर काम गर्न सकिने ल्यापटप छ। यो प्रयोगशालामा एअर कन्डिसन र संकलित नमुनाका कणको हलचल विश्लेषण गर्ने अल्ट्रा सोनिएक्टर छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार