Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us

सामाजिक सञ्जाल बन्दप्रति नेपाली कांग्रेसको चासो

सामाजिक सञ्जाल बन्दप्रति नेपाली कांग्रेसको चासो

काठमाडौं : नेपाली कांग्रेसले नेपालमा दर्ता नभएका सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयप्रति चासो व्यक्त गरेको छ ।  सरकारको निर्णयका विषयमा जवाफ माग गर्ने कांग्रेस नेताहरुले प्रतिक्रिया दिएका छन् ।

आइतबार बिहान पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले सामाजिक  सञ्जाल बन्द गरेको विषयमा सरकारसँग जवाफ माग गर्ने विषयमा छलफल भएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो,‘ केन्द्रीय कार्यसम्पादन समितिको बैठक भर्खरै सम्पन्न भयो । बैठकमा केही दिन अगाडिदेखि नेपालमा सूचीकृत नभएका सामाजिक सञ्जालहरु सरकारले बन्द गरेको छ । यस विषयमा सरकारसँग जवाफ माग गर्ने विषयमा छलफल भएको छ ।’

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका विषयमा कांग्रेस जिम्मेवार रहेकाले सरकारको निर्णयप्रति गम्भीर रहेको उहाँले बताउनुभयो । त्यस्तै उनले बैठकमा प्रदेशसभा निर्वाचनको विषयमा पनि छलफल भएको जानकारी गराउनुभयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार