Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us

जेनजीको प्रदर्शनमा बालेनको समर्थन

जेनजीको प्रदर्शनमा बालेनको समर्थन

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले सामाजिक सञ्जाल बन्द तथा भ्रष्टाचारको विरोधमा सोमबार हुने प्रदर्शनमा आफ्नो समर्थन रहने जनाउनुभएको छ ।   

सामाजिक सञ्जाल फेसबुकमार्फत बालेनले स्वतस्पूर्त हुन लागेको जेनजीको प्रदर्शनमा आफ्नो समर्थन रहेको बताउनुभएको हो । 

उहाँले उमेरका कारण आफू उक्त प्रदर्शनमा जान नमिले पनि २८ वर्ष मुनिका जेनजीहरुको कुरा बुझ्न मन लागेको बताउनुभएको छ ।

'भोलिको र्‍याली स्पष्ट स्वस्फूर्तरुपमा जेनजी को हो', उहाँहरू भनेको २८ वर्ष मुनि हुनुहुन्छ, 'जसकालागि म पनि अझै बुढो देखिन्छु। मलाई पनि उहाँहरूको इच्छा, उद्देश्य, सोच बुझ्नु मन छ। भोलि यो स्वतफुर्त र्‍यालीमा कुनै पार्टी, नेता, कार्यकर्ता, सांसद, अभियन्ताहरू आफ्नो स्वार्थ पूरा गर्न बाठो नबन्नुहोला' उहाँले भन्नुभएको छ, 'म उमेर हदबन्दीको कारण जान मिल्दैन, तर उहाँहरूको कुरा बुझ्नु जरुरी छ, मेरो भरपुर समर्थन छ।’ 

बालेनले जेनजीले कस्तो देश चाहेको हो भनेर प्रश्न पनि गर्नुभएको छ। उनको प्रश्न छ, प्रिय जेनजी भन्नुस्-'तपाईँहरूले कस्तो देश देख्न चाहनुहुन्छ ?’

भोलि सोमबार काठमाडौँको माइतीघरमा जेनजीले सामाजिक सञ्जाल विरोधसँगै भ्रष्टाचारको विरुद्धमा प्रदर्शन गर्दैछन्। 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार