Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us

टीयू क्रिकेट मैदानमा असोज २ गतेभित्र तीनवटा फ्लड लाइट जडान हुन्छ : उपप्रधानमन्त्री सिंह

टीयू क्रिकेट मैदानमा असोज २ गतेभित्र तीनवटा फ्लड लाइट जडान हुन्छ : उपप्रधानमन्त्री सिंह

काठमाडौं । उपप्रधान एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले कीर्तिपुरस्थीत टीयू क्रिकेट मैदान निर्माण कार्यको स्थगलत निरिक्षण गर्नुभएको छ । आइतबार कीर्तिपुरस्थित क्रिकेट मैदानको स्थलगत निरिक्षण गर्दै मन्त्री सिंहले निर्माणको कार्य सन्तोषजनक रहेको उल्लेख गर्नुभयो ।

निरिक्षणका क्रममा ठेकेदार कम्पनीका प्रतिनिधिहरुले प्यारापिटट र फ्लड लाइट जडान कार्यको प्रगतिका बारे जानकारी गराएका थिए। सिंहले वर्षा र मैदानका लागि आवश्यक सामाग्री विदेशबाट ल्याउनुपरेकाले निर्माण कार्य सम्पन्न हुन केहि समय लागेको उल्लेख गर्नुभयो । कीर्तिपुर क्रिकेट मैदानमा अन्तर्राष्ट्रिय मापदण्ड अनुरूप १० हजार क्षमताको प्यारापिट निर्माण र फ्लड लाइट जडान कार्यको २०८१ फागुनमा सम्झौता भएको थियो।

आगामी असोज २ गतेभित्र तीन वटा फ्लड लाइट जडान सम्पन्न हुने उहाँले बताउनुभयो । पहिलो चरणको कार्य सकिएपछि दोश्रो चरणमा १५ हजार सिट थप गर्ने गरी काम अघि बढाइने जानकारी उहाँले दिनुभयो ।

तोकिएको समयमा निर्माण नसकेकाले निर्माण कम्पनीलाई जरिवाना गरेको र जरिवाना गरेपछि निरन्तर कार्य भइरहेको सिंहले उल्लेख गर्नुभयो ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार