काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोविन्दराज पोखरेलले गृहमन्त्री रमेश लेखकको राजीनामा माग माग गर्नुभएको छ । सोमबार सामाजिक सञ्जालमार्फत उहाँले मन्त्रीको राजीनामा माग गर्नुभएको हो ।
आज जेन-जी प्रदर्शनका क्रममा काठमाडौंमा १४ जनाको मृत्यु भइसकेको छ । नेपाली कांग्रेसको केन्द्रीय सदस्य पोखरेलले गृहमन्त्रीले तुरून्त राजीनामा दिनुपर्ने धारणा सार्वजनिक गर्नुभएको हो । ‘गृहमन्त्रीले तुरून्तै राजीनामा दिनुपर्यो । यदि नदिए पार्टीले तुरून्तै फिर्ता बोलाउनु पर्यो,’ उहाँले भन्नुभयो ।
‘हरेक आन्दोलनमा घुसपैठ, भीड सधैं उत्तेजक हुन्छ । गृह प्रशासन सम्हालेकोलाई थाहा हुनुपर्ने हो । राजधानीमा घण्टौँ बाढीमा फसेकालाई उद्धार नगरेर बग्दादेखि नै गृहमन्त्रीको हैसियत थाहा थियो । कांग्रेस सरकार छोड, गृहमन्त्रीलाई कारबाही गर,’ उहाँले सामाजिक सञ्जालमा लेख्नुभएको छ ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com