Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us

मध्यरातमा सहकारी सिईओको स्टेटसः  सरी जेनजी, बेलैमा हामीले आवाज बुलन्द गरेको भए........

मध्यरातमा सहकारी सिईओको स्टेटसः  सरी जेनजी, बेलैमा हामीले आवाज बुलन्द गरेको भए........

काठमाडौं । हत्तपत्त राजनीतिक विषयमा अभिमत नराख्ने प्रोफेशनल सिईओको छवि बनाउनुभएका एक सहकारीका प्रमुख कार्यकारी अधिकृत (सिईओ) ले जेनजीको आजको आन्दोलनका क्रममा भएको दमनको भत्र्सना गर्दै अग्रज पुस्ताले आवाज नउठाउँदा आजको परिस्थिति सिर्जना भएकोमा कडा क्षोभसहित (आत्म) ग्लानि भाव व्यक्त गर्नुभएको छ ।

सोमबार भएको सडक प्रदर्शन क्रममा डेढ दर्जन बढी युवाहरूको गोली लागेर दुःखद मृत्यु भएको घटना र त्यससँग जोडिएका राजनीतिक कुसंस्कार, दण्डहिनता, भ्रष्टाचार, आदि प्रति काभ्रेपलाञ्चोकको बुडोल सामुदायिक बचत तथा ऋण सहकारी संस्था लि.का सिईओ विवेक राज ठकुरीले सामाजिक सञ्जाल फेसबुकमार्फत शिष्ट भाषामा कडा आक्रोश व्यक्त गर्नुभएको हो ।

उहाँले एक घन्टा अवधिभित्र लगातार तीनवटा सोही आशयका फेसबुक पोष्ट गर्नुभएको छ । सामाजिक सञ्जाल पुनः सक्रिय भएसँगै दिनभरको मुलुकमा उत्पन्न दुःखद परिस्थितिप्रति अत्यन्त संवेदनशील हुँदै सिईओ ठकुरीले राती अबेर क्षोभ र (आत्म) ग्लानी मिश्रित भावहरु पोष्ट गर्नुभएको हो ।

उहाँले प्रश्न गर्नुभएको छ, 'के अब पनि यिनै भ्रष्ट र गद्दारहरुको गुलामी गरिरहन्छौ झोलेहरु ?' त्यसअघिको पोष्टमा उहाँले ग्लानिभाव प्रकट गर्दै बेलैमा आफूहरु जस्तो अग्रज पुस्ताले बेथिति तथा भ्रष्टाचार विरुद्ध आवाज उठाएको भए आज जेनजीहरुको रगत बग्ने थिएन भनि ग्लानीभाव पनि व्यक्त गर्नुभएको छ ।

त्यसैगरी, ठकुरीले भदौ २३ गते (सेप्टेम्बर ८) को मध्यरात  बितिसकेपछि सामाजिक सञ्जालमा शिष्ट शैलीमा कडा आक्रोश पोख्दै कसैको पोष्ट कपी गरेर राख्नुभएको छ, 'यदि तपाई एमाले, काँग्रेस वा माओवादीसँग सम्बन्धित हुनुहु्छ र अझै पनि पार्टीको झोला बोकेर हिंड्ने पार्टीका झोलेहरू हुनुहुन्छ भने कृपया मलाई ब्लक गर्नुहोस्। तपाई मेरा आमाबाबु, आफन्त, साथी जोसूकै भए पनि मलाई फरक पर्दैन। म र तपाईले अगाडि लैजानुपर्ने बाटो पूर्ण रूपमा फरक छ। आज विद्यार्थीहरूको ज्यान गएको दिनमा, यी पार्टीहरूसँग जोडिएकाहरू नै जिम्मेवार हुनुहुन्छ। पार्टीको नाममा झोला बोकेर, परिचय देखाएर व्यक्तिगत स्वार्थ लिनेहरूले नै आजको अवस्था निम्त्याएका हुन्। यस भ्रष्ट प्रणालीलाई, यस सरकारलाई धिक्कार छ ।'

त्यसैगरी, उहाँले राजनीतिक दलका झोला बोकेर हिड्ने तथा दलका नेतृत्वले गल्ती गर्दा समेत बोल्न नसक्ने र राजनीतिक आवरणमा व्यक्तिगत स्वार्थ  लिनेहरुकै कारण आज विद्यार्थीहरुले ज्यान गुमाउनुपरेको भन्दै कटाक्ष गर्नुभएको छ । सिईओ ठकुरीले सरकार र प्रणालीप्रति नै कडा आपत्ति जनाउनुभएको छ । सफल र प्रोफेशनल सिईओको रुपमा सम्मान र प्रतिष्ठा कमाउनुभएका ठकुरीको सामाजिक सञ्जालमा आक्रोश कोही व्यक्ति वा नेतृत्व लक्षित भन्दा पनि विकृति, विसंगति, भ्रष्टाचार, बेरोजगारी र युवाहरुको नैराश्यताप्रतिको एउटा सचेत नागरिकको उकुसमुकुसको अभिव्यक्तिका रुपमा सहजै बुझ्न सकिन्छ । 

Screenshot (722).png
सिईओ ठकुरीको पोष्ट
Screenshot (725).png
सिईओ ठकुरीको पोष्ट

 

Screenshot (724).png
सिईओ ठकुरीको पोष्ट

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार