Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us

जेनजी आन्दोलनमा मृत्यु भएकालाई शहीद घोषणा; मृतकका परिवारलाई १० लाख दिइने

जेनजी आन्दोलनमा मृत्यु भएकालाई शहीद घोषणा; मृतकका परिवारलाई १० लाख दिइने

काठमाडौं। सरकारले जनेजी आन्दोलनका क्रममा मृत्यु भएकाहरूलाई शहीद घोषणा गरेको छ । पदभारपछि अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले यो पहिलो निर्णयमा हस्ताक्षर गरेकी हुन् । 

साथै घाइतेको निःशुल्क उपचार र मृत्यु भएकाहरूको परिवारलाई १० लाख रुपैयाँ राहत उपलब्ध गराउने निर्णय गरेको मुख्यसचिव एकनारायण अर्यालले जानकारी दिए । 

उनका अनुसार नयाँ सरकारलाई सरकारी सेवा प्रवाह चुनौतीका रूपमा रहेको छ । ‘धेरैजसो सरकारी कार्यालयहरू अधिकांश ड्यामेज भएको अवस्था छ’, मुख्यसचिव अर्यालले भने, ‘बजेट र प्राथमिकताका आधारमा पुननिर्माणको आवश्यकता छ । मन्त्रालय, अदालत, सिडिओ कार्यालयहरू तोडफोड र आगजनी भएका छन् ।’ 

उनले आगजनी र तोडफोड हुन बाँकी रहेका कार्यालयबाट सेवा प्रवाह गर्नुपर्ने भन्दै त्यसका लागि काययोजना बनाएर अघि बढ्नुपर्ने अवस्था रहेको बताए । त्यस्तै उनले सुरक्षा र कर्मचारीको मनोबल उच्च बनाएर काम गर्नुपर्ने अहिलेको आवश्यकता रहेको जोड दिएका छन् ।

sushila-karki4-1757830336.jpg

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार