रुपन्देही । तिलोत्तमा १५, कोटिहवामा मुख्य कार्यालय रहेको जनउत्थान बचत तथा ऋण सहकारी संस्था लिमिटेडले सेवा केन्द्र स्तरीय २० औं वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ । संस्थाका १० वटा सेवा केन्द्रमा केन्द्रमा शनिबार नै साधारण सभा सम्पन्न गरिएको हो ।
एकै दिन १० वटै फरक फरक सहकारी जस्तै गरि उही नीति, प्रक्रिया, व्यवस्थापनमा एकरुपताको साथ उल्लासपूर्ण सदस्य सहभागिताका साथ सम्पन्न भएको संस्थाका अध्यक्ष गिरीप्रसाद पुनले जानकारी दिनुभयो ।
३१ जनाले सय सय रुपैयाँ उठाएर बाग्लुङ सामुदायिक संस्थाबाट शुरु भई २०६२ पौष १ गते जनउत्थान बचत तथा ऋण सहकारी संस्था लि.को रुपमा दर्ता भएको थियो । हालसम्म जनउत्थान साकोस, पहुँच महिला साकोस, गौमुखि साकोस, बुद्ध बहुउद्देश्यीय सहकारी, पटाकसार साकोस, सुदृढ साकोस र सगोल महिला साकोस एकीकरण भएको छ । २० वर्षको यात्रामा जनउत्थानमा ३९ हजार २ सय ३७ सदस्यहरुबाट करिब ४ अर्ब ४४ करोड पुँजी संकलन गर्न सफल भएको अध्यक्ष पुनले बताउनुभयो ।
साधारण सभाले पारित गरेको १० प्रतिशत शेयर लाभांश र १ करोड ५९ लाख रुपैयाँ संरक्षित पुँजीकोष नियमानुसार ऋण तथा बचतको कारोबारको आधारमा सबै सदस्यको खाता जम्मा समेत भैसकेको संस्थाका व्यवस्थापक रणबहादुर थापाले जानकारी गराउनुभयो ।
हर्जाना तिरेका ऋणी सदस्यहरुलाई कारोबारको आधारमा पाउने संरक्षित पुँजी फिर्ता कोषको रकम प्राप्त नगरेको उहाँले बताउनुभयो । सदस्यहरुले संरक्षित पुँजीकोष बचत तथा ऋण कारोबारको आधारमा अधिकतम् ३० हजारसम्म पाएको उहाँले बताउनुभयो ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com