काठमाडौं । चारतारे युवा क्लब, सिवाईसी नेपालद्वारा बागलुङ नगरपालिका वडा नं. ६ मा अवस्थित जयनारायण कौशल्या संस्कृत गुरुकूलम्मा अध्ययनरत विद्यार्थीलाई २५ थान पोशाक वितरण गरिएको छ । संस्थाले सहकारी सामाजिक उत्तरदायित्व )Cooperative Social Responsibility) कार्यक्रम अन्तर्गत २५ जना छात्रलाई करिब ३० हजार रुपैयाँ बराबरको पोशाक वितरण गरेको जनाएको छ ।
असोज ४ गते शनिबार आयोजित पोशाक हस्तान्तरण कार्यक्रममा सिवाईसी बचत तथा ऋण सहकारी संस्था लि. मालिका सदस्य सेवा केन्द्रका प्रतिनिधि, स्थानीय अभिभावक तथा गुरुकुल परिवारको उपस्थिति थियो । वक्ताहरूले सिवाईसी नेपालले शिक्षाको क्षेत्रमा निरन्तर पु¥याउँदै आएको योगदान प्रशंसनीय रहेको उल्लेख गर्दै यस किसिमको सहयोगले विद्यार्थीहरूको शैक्षिक वातावरणमा थप सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे ।
कार्यक्रमका क्रममा गुरुकुल सञ्चालीका गीता अधिकारीले संस्थाको सहयोगप्रति आभार व्यक्त गर्दै यस्ता सहकार्यले विद्यार्थीलाई आत्मबल र प्रेरणा प्रदान गर्ने धारणा राखिन् । चारतारे युवा क्लब, सिवाईसी नेपालले शिक्षासँगै सामाजिक उत्तरदायित्वअन्तर्गतका विभिन्न क्षेत्रमा निरन्तर सहयोग गर्दै आएको छ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com