काठमाडौं । मन्त्रिपरिषदबाट स्वीकृत संगठन तथा व्यवस्थापन (ओएन्डएम) सर्वेक्षण कार्यान्वयनको प्रक्रियाको शुरुवात भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट भएको छ । मन्त्रालयले आफ्नो तथा मातहतका निकायको संगठन संरचना तथा दरबन्दी राष्ट्रिय कितावखानामा दर्ता गराएको छ।
राष्ट्रिय कितावखानाका अनुसार मन्त्रालयबाट प्राप्त विवरण ‘फास्ट ट्र्याक’मार्फत दर्ता गरिएको छ । जसअनुसार मन्त्रालय, सहकारी रजिस्ट्रारको कार्यालय तथा राष्ट्रिय कितावखानासहित कुल २८३ पद दर्ता भइसकेका छन्।
नयाँ संगठन संरचनाअनुसार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा १४० दरबन्दी कायम गरिएको छ। यसमा एक सचिव, प्रशासन सेवातर्फ चार, न्याय सेवातर्फ एक र इन्जिनियरिङ सेवातर्फ एक गरी छ सहसचिव रहने व्यवस्था गरिएको छ। यसअघि त्यहाँ २२५ दरबन्दी रहेको थियो।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालय ‘मर्ज’ भएर भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय बनेपछि ओएन्डएम भएकाले कानुनसहित ६ महाशाखा राखिएको छ।
भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा नयाँ व्यवस्थापन गर्दा साविकको भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयका ३ सहसचिवहरू नारायणप्रसाद सापकोटा, गोविन्दप्रसाद रिजाल र ध्रुव घिमिरे फाजिलमा परेका छन्।
त्यसैगरी, सहकारी विभाग र सहकारी प्रशिक्षण तथा अनुसन्धान केन्द्रलाई एकीकृत गरी स्थापना गरिएको सहकारी रजिस्ट्रारको कार्यालयमा एक रजिस्ट्रार (सहसचिव) सहित ३७ दरबन्दी स्वीकृत गरिएको छ । यसअघि ती दुई निकायमा गरी कुल ५५ दरबन्दी कायम थियो।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com