Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us

सहकारी मन्त्रालयका महाशाखा प्रमुख रिजालको सरुवा

सहकारी मन्त्रालयका महाशाखा प्रमुख रिजालको सरुवा

काठमाडौं । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गत प्रशासन,सहकारी तथा गरिबी निवारण महाशाखा प्रमुख सहसचिव गोबिन्द प्रसाद रिजालको सरुवा भएको छ । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले उहाँसहित २३ सहसचिवको सरुवा गरेको हो ।

बुधवार बसेको मन्त्रिपरिषद् बैठकले राजपत्राङ्कित प्रथम श्रेणीका सहसचिव वा सो सरहका कर्मचारीहरूको सरुवा गरेको हो । उहाँलाई विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्रालय वा अन्तर्गत सरुवा गरिएको छ ।

यसअघि, मन्त्रिपरिषदबाट स्वीकृत संगठन तथा व्यवस्थापन (ओएन्डएम) सर्वेक्षण कार्यान्वयनको प्रक्रियाको शुरुवात भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाटै गर्दा उक्त मन्त्रालयका ३ सहसचिवहरू फाजिलमा परेका थिए । जसमा रिजालसँगै नारायणप्रसाद सापकोटा र ध्रुव घिमिरे हुनुहुन्थ्यो । बुधबारको मन्त्रिपरिषद् बैठकले तीनै जना सहसचिवको सरुवा गरेको छ ।

महाशाखा प्रमुखकको रुपमा रिजाल राष्ट्रिय सहकारी नियमन प्राधिकरणको पनि सदस्य हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार