काठमाडौं । सुनसरीमा बसेको सर्वपक्षीय बैठकले जिल्लामा शान्ति तथा अमनचयन कायम गर्ने निर्णय गरेको छ।
गत आइतबार राति देवानगञ्ज गाउँपालिका(३ कप्तानगञ्जमा भएको घटना र त्यसपछि सिर्जित अशान्त परिस्थितिलाई ध्यानमा राख्दै बुधबार साँझ सम्पन्न सर्वपक्षीय बैठकले शान्ति कायम गर्ने निर्णय गरेको हो ।
बैठकले जिल्लामा शान्ति तथा अमनचयन कायम गर्न सर्वपक्षीय संयुक्त ऐक्यबद्धता व्यक्त गरेको छ।
सर्वपक्षीय प्रतिनिधिहरूको उपस्थितिमा भएको छलफलपछि ५ बुँदे साझा प्रतिबद्धतापत्र सार्वजनिक गर्दै सम्पूर्ण क्षेत्रमा शान्ति सुरक्षा कायम राख्न अपिल गरिएको छ।
छलफलपछि जारी संयुक्त वक्तव्यमा कप्तानगञ्ज घटनामा ज्यान गुमाएका ओमप्रकाश मेहताप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरिएको छ।
साथै, घटनामा घाइते भएका सम्पूर्ण व्यक्तिहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ। घटनापछि जिल्लाका विभिन्न भागमा फैलिएको साम्प्रदायिक विवाद र हुलदंगाप्रति गम्भीर दुःख व्यक्त गर्दै यस्ता अराजक तथा अवाञ्छित गतिविधिहरू रोक्न आ(आफ्नो स्थानबाट आवश्यक पहल गर्ने प्रतिबद्धतासमेत सरोकारवालाहरूले जनाएका छन्।
संकटको बेला आक्रोश, प्रतिशोध र क्रोधको भावना नराखी संयम, विवेक र संवादको माध्यमबाट समस्या समाधान गर्न संयुक्त पहल गर्ने निर्णय पनि बैठकले गरेको छ।
यसका लागि आम जनसमुदायलाई पनि संयमित रहन विशेष आग्रह गरिएको छ। यसैगरी, सामाजिक सञ्जालहरूमा भ्रामक, उत्तेजक र अराजक विषयवस्तुहरू नराख्न, सेयर नगर्न र आधिकारिक सूचनाको मात्रै विश्वास गर्न अनुरोध गर्दै भ्रामक खबरहरूप्रति सजग रहन अपिल गरिएको छ।
भिड र हुलदंगामा कलिला युवाहरूसमेत सहभागी भएको देखिएकाले आपसी द्वन्द्व बढाउने यस्ता गतिविधिमा आफ्ना बालबालिको उपस्थितिप्रति सचेत रहन अभिभावकलाई आग्रह गरिएको छ।
बैठकले युवाहरूलाई घरबाहिर ननिस्कन, मुठभेडमा नउत्रन र संयमता अपनाउनका लागि नियन्त्रण तथा मार्गदर्शन गर्न सम्बन्धित अभिभावकहरूमा विशेष अनुरोध गर्ने निर्णय गरेको हो।
बैठकपछिको ऐक्यबद्धता पत्रमा उपस्थित सम्पूर्ण सरोकारवाला प्रतिनिधिहरूले हस्ताक्षर गरी जिल्लाको सद्भाव र शान्ति सुदृढ बनाउन सामूहिक प्रतिबद्धता जनाएका छन्।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com