काठमाडौं । गुरु को हो ? भन्ने विषयमा अहिलेको समाज दिग्भ्रमित देखिन्छ । अहिले जसलाई गुरु भनिन्छ, वास्तवमा ती गुरु हुन् कि होइनन् ? भन्ने प्रश्न पनि उठ्ने गरेको छ । यसै सन्दर्भमा गुरुपूर्णिमाका अवसरमा नेपाल महर्षि वैदिक फाउन्डेसनले आयोजना गरेको कार्यक्रममा गुरु को हो भन्ने विषयमा चर्चा भयो । कार्यक्रममा नेपाल संस्कृत विश्वविद्यालयका पूर्व उपकुलपति प्रा डा कुलप्रसाद कोइरालाले अव्यक्त अवस्थामा रहेको विषयलाई व्यक्त गराउने ज्ञान दिन सक्नेलाई नै गुरु मानिने बताउनुभयो । गुरु विद्यामा निष्णात हुनुपर्ने उहाँको विचार छ ।
“लाटो अवस्थामा रहेकोलाई पनि जीवन धान्न सक्ने जसले बनाउँछ, त्यो गुरु हो”–पूर्व उपकुलपति कोइरालाले भन्नुभयो । देशभरका करिब १०० गुरुकुलमा भावातीत ध्यानसहित वैदिक रुद्राभिषेक गरेर फाउन्डेसनले विश्व शान्तिका लागि योगदान गरेको पनि उहाँले सुनाउनुभयो ।
पोखरा विश्वविद्यालयका पूर्व उपकुलपति प्रा डा प्रेमनारायण अर्यालले आफूलाई चिनाउन सक्ने शिक्षा दिनेलाई नै गुरु भनिने विचार राख्नुभयो । वाल्मीकि विद्यापीठका उपप्राध्यापक डा रामप्रसाद पौडेलले ब्रह्म साक्षात्कार गराउने व्यक्ति नै गुरु भएको बताउनुभयो ।
फाउन्डेसनका अध्यक्ष एवं पूर्व मन्त्री मानार्थ विद्यावारिधिप्राप्त दीपकप्रकाश बास्कोटाले वैदिक ज्ञान र आधुनिक विज्ञानका विषयमा राम्रो जानकारी दिने गरी सन् २०३० मा अन्तर्राष्ट्रिय महासम्मेलन नेपालमा गर्ने गरी तयारी भएको जानकारी कार्यक्रममा गराउनुभयो । दैनिक खाने, बस्ने, सुत्ने कार्यतालिका जस्तै भावातीत ध्यानको पनि नियमित अभ्यास गर्न सके मुटु रोगको पनि औषधी खानु नपर्ने उदाहरण आफैँ बन्न सकेको पनि उहाँले सुनाउनुभयो ।

पूर्व मन्त्री एव विश्व हिन्दू महासङ्घ राष्ट्रिय समितिका अध्यक्ष डा रामचन्द्र अधिकारीले अँध्यारोबाट उज्यालोतिर लैजाने व्यक्ति नै गुरु भएको उल्लेख गर्नुहुँदै भावातीत ध्यानबाट नै यो सम्भव हुने बताउनुभयो ।
भावातीत ध्यान एवं सिद्धि प्रशिक्षक माधव अर्यालले सकारात्मक जीवनशैलीको विकासका लागि भावातीत ध्यान प्रभावकारी रहेको बताउनुभयो । कार्यक्रममा विश्वशान्तिराष्ट्रम् का महाराजा राजा राम (डा टोनी नाडर) ले जुम माध्यमबाट सम्बोधन गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन भावातीत ध्यान शिक्षक भरतराज पौडेलले गर्नुभएको थियो ।
कार्यक्रमको सुरुवात्मा भावातीत ध्यानको ज्ञान महर्षि महेश योगीलाई दिएर विश्वव्यापी प्रचारप्रसारका लागि प्रेरणा दिनुहुने ज्योतिर्मठका शङ्कराचार्य ब्रह्मानन्द सरस्वतीलाई कृतज्ञता ज्ञापन गर्न भावातीत ध्यान शिक्षकहरुले सामूहिक गुरुपूजा पनि गर्नुभएको थियो ।

Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com