Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us

काठमाडौँ महानगरले ३५ गाउँपालिकालाई एम्बुलेन्स वितरण गर्ने

काठमाडौँ महानगरले ३५ गाउँपालिकालाई एम्बुलेन्स वितरण गर्ने

काठमाडौं । काठमाडौं महानगरपालिकाले ३५ वटा गाउँपालिकालाई एम्बुलेन्स वितरण गर्ने भएको छ। मेयर बालेन शाहले आइतबार सामाजिक सञ्जालमार्पत एम्बुलेन्स वितरणबारे जानकारी गराएका हुन् । विगत एक वर्षदेखि विभिन्न कारणले रोकिएको एम्बुलेन्स वितरण गर्ने कार्य यही असोज ७ गतेबाट सुरु गर्ने मेयर शाहले बताएका छन्।

‘गत १ वर्षदेखि विभिन्न कारणले रोकिएको एम्बुलेन्स वितरण कार्य २०८२र०६र०७ गते मङलबार बाट सुरु गर्दै छौँ। पहिलो चरणमा देशभरका दुर्गम तथा मापदण्डका आधारमा छनौट गरिएका ३५ वटा गाउँपालिकालाई एम्बुलेन्स वितरण गर्दै छौँ,’ उनले लेखेका छन्।

देशका दुर्गम क्षेत्रमा स्वास्थ्य सेवाको अभावमा कसैले पनि जीवन गुमाउनु नपरोस् भन्ने लक्ष्यसहित एम्बुलेन्स वितरण गर्न लागिएको उनको भनाइ छ। उनले एम्बुलेन्स वितरणका लागि बनाइएको मापदण्डसमेत सार्वजनिक गरेका छन्।

G1XsL8FXEAAKKyb-663x1024.jpg
एम्बुलेन्स वितरणका लागि बनाइएको मापदण्ड

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार