६ असोज, काठमाडौँ। पहिलो अन्तर्राष्ट्रिय बौद्ध राष्ट्रहरु बिच भएको ब्लिट्ज चेस प्रतियोगितामा नेपाली खेलाडी सिएम पुरुषोत्तम सिलवालले रसियन ग्रान्ड मास्टरलाई हराउन सफल भएका छन्। रूसको बुद्धिस्ट गणराज्य रिपब्लिक अफ क्याल्मिकिया, एलिस्तामा सम्पन्न ११ चरणको ब्लिट्ज खेलमा नेपालका पुरुषोत्तम सिलवालले ६.५ अङ्क जोडेर उच्चस्तरीय खेल प्रदर्शन गर्न सफल भएका छन्।
नेपालका उदयमान २२२४ रेटेड सिएम पुरुषोत्तम सिलवालले नवौं चरणको खेलमा सेतो गोटीबाट खेल्दै रूसका २६१३ रेटेड ग्रान्ड मास्टर साइडाइपोभ झम्सारनलाई २८औं चालमा नाइट एचफो चाल्दै माथ गरेका हुन्। युवा खेलाडी सिलवालले ५ मिनेट ३ सेकेन्ड इनन्क्रिमेन्टको छरिटो खेलमा फिलिपिन्सका इन्टरनेसनल मास्टर नाभा रोडेरिक सँग बराबरी खेल खेलेका छन्। यसअघि भएको र्यापिड खेलमा पनि सिलवालले इन्टरनेसनल मास्टर तथा वोमन ग्राण्डमास्टरलाई पराजित गरेका थिए।
अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी नेपाली टोलीका अन्य खेलाडीहरू शैलेन्द्र न्यौपानेले ५ अङ्क र महिला खेलाडी सिन्दिरा जोशीले ५ अङ्क बनाएका छन्। यससँगै ब्लिट्ज विधामा नेपाली टोलीले समग्र १६.५ अङ्क जोडेर छैठौं स्थानमा रहँदै प्रतियोगिताको अन्त्य गरेका छन्। टोलीले र्यापिड स्पर्धामा पनि छैठौं स्थान ओगटेका थिए। सेप्टेम्बर १८ देखि सुरु भएको अन्तर्राष्ट्रिय चेस प्रतियोगिता अन्तर्गत ब्लिज विधातर्फ आयोजक काल्मिकियाले २३ अङ्क जोडेर प्रथम बनेका छन्।
रुसकै बुरियाटिया का टिमले २२.५ अङ्क जोडेर दोस्रो स्थानमा रहे भने फिलिपिन्सका टिमले २१.५ अङ्क बनाएर तेस्रो स्थानमा रहन सफल भएका छन्। नेपाल बुद्धिचाल महासंघको पहलमा अन्तर्राष्ट्रिय आमन्त्रित विश्वका प्रमुख बौद्ध राष्ट्रहरूबीच भएको बुद्धिचाल प्रतिस्पर्धा नेपाली खेलाडीहरूको निम्ति आफूभन्दा उच्च रेटेड ग्रान्डमास्टर, वोमन ग्रान्डमास्टर, इन्टरनेसनल मास्टर, फिडेमास्टर, क्यान्डिडेट मास्टरहरूसँग प्रतिस्पर्धा गर्दै राम्रो अनुभव प्राप्त गर्ने महत्त्वपूर्ण अवसर बनेको छ। प्रवक्ता:- राजु ताम्राकार
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com