Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us
जेनजी आन्दोलन

युलेन्स स्कुलमा १ अर्ब २५ करोड बराबरको क्षति

युलेन्स स्कुलमा १ अर्ब २५ करोड बराबरको क्षति

काठमाडौं । जेनजी आन्दोलनका कारण युलेन्स स्कुलमा १ अर्ब २५ करोड रुपैयाँ बराबरको क्षति पुगेको छ । खुमलटारका पाँचवटा भवन, बाँसबारीका तीनवटा र काभ्रेको नालामा अवस्थित सिकाइ केन्द्र पूर्णरुपमा क्षति हुँदा १ अर्ब २५ करोड रुपैयाँ बराबरको क्षति भएको युलेन्स फाउन्डेसनले जनाएको छ । सरकारी नियाकहरूसँगको समन्वयमा क्षतिको आकलन गरिएको हो ।

 आगजनी र तोडफोडबाट विद्यालय पूर्णरुपमा शून्यतामा पुगेको विद्यालयले प्रेस वत्तव्यमार्फत जनाएको छ । विद्यालयका ८३ वटा गाडीहरू पनि पूर्णरुपमा नष्ट भएको फाउन्डेसनले मंगलबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

मुनाफा वितरण नगर्ने संस्थाका रुपमा रहेको यस विद्यालय अफवाहको सिकार भएको जनाइएको छ । ‘विद्यालयमा डा. आरजु राणा देउवाको लगानी छ भन्ने गलत अफवाह फैलाइयो’, फाउन्डेसनले विज्ञप्तिमार्फत भनेको छ, ‘मुनाफा वितरण नगर्ने संस्थामा न कसैको लगानी हुन सक्छ, न त व्यापार नै ।’

विद्यालयको भवन, गाडी र शैक्षिक सामग्रीसँगै विद्यार्थीका विवरणहरूसमेत जलेर नष्ट भएको उल्लेख गरिएको छ । ‘विद्यालयमा भएको आगजनी, तोडफोड र लुटपाटका कारण विद्यार्थी, शिक्षक, कर्मचारी र अभिभावका परेको असरलाई पूर्ति गर्न ज्यादै कठिन छ’, फाउन्डेसनले भनेको छ, ‘शून्यताबाट सुरु भएर विश्वविद्यालय बन्ने अवस्थामा पुगेको विद्यालय पुनः शून्यतामा नै पुगेको छ, धुलो टकटकाएर त  उठउँला, पुनः यस्तो घटना हुँदैन भन्ने ग्यारेन्टी कसरी गर्ने रु’ ‘समाजमा फैलाइएको अफवाहको सिकार फेरि हुँदैन’ भनेर विश्वास गर्ने अवस्था नरहेको फाउन्डेशनले जनाएको छ ।

विद्यालय व्यवस्थापन समितिमा डा. आरजु राणा देउवा अध्यक्ष भएको कारण राजनीति र व्यापारको विषयमा निकै चर्चा हुने गरेको थियो । ‘नाफा कमाउन राणाले सो विद्यालय खोलेको’ भन्ने भाष्यलाई चिर्न नसक्दा ठूलो क्षति भएको विद्यालयले जनाएको छ । सरोकारवाला निकायहरूले पनि गलत सूचनालाई प्रसय दिएर सत्य तथ्यबारे नबोलेका कारण यस्तो अकल्पनीय क्षति ब्योहोर्नु परेको फाउन्डेसनले विज्ञप्तिमा भनेको छ ।

विद्यालयमा पुगेको क्षतिका कारण अहिले सबै कक्षाहरू अनलाइनमार्फत सञ्चालन गरिएको विद्यालयले जनाएको छ । १ हजार ४६१ जना विद्यार्थी अध्ययनरत यस विद्यालयमा ५०० जना शिक्षक कर्मचारीहरू कार्यरत रहेका छन् ।

Feature-1-7d04c6a9.webp

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार