Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us

कार्यालय समयमा अस्पतालबाहिर निजी अस्पतालमा बिरामी नहेर्न डाक्टरहरुलाई निर्देशन

कार्यालय समयमा अस्पतालबाहिर निजी अस्पतालमा बिरामी नहेर्न डाक्टरहरुलाई निर्देशन

काठमाडौं । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) ले वीर अस्पतालमा कार्यरत चिकित्सकहरुलाई कार्यालय समयमा अस्पताल बाहिर गएर बिरामी नहेर्न निर्देशन दिएको छ।  न्याम्सले आज विज्ञप्ति निकाली चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले कार्यालय समयमा निजी अस्पताल वा क्लिनिकमा बिरामी नहेर्न निर्देशन दिएको हो। 

न्याम्सका उपकुलपति डा भुपेन्द्र बस्नेतले बिरामीलाई अनाश्यक रुपमा अन्य अस्पताल रिफर नगर्न र अस्पतालमा हुने परीक्षण अस्पतालमा नै गर्न आग्रह गरेका छन्। उनले ओपीडीमा आएका सबै बिरामी हेर्न र बिरामीलाई औषधिको कुनै ब्रान्ड तोकेर खरिद गर्न नलगाउन पनि चिकित्सकहरूलाई  निर्देशन दिएका छन्। 

अस्पताल प्रशासनले बिरामीलाई चाहिने सबै औषधि अस्पतालको फार्मेसीमा नै उपलब्ध गराउन, अस्पताल बाहिर औषधि पसल, ल्याव, इमेजिङ् सेन्टर खोल्न नपाउने व्यवस्था लागू गराउन खोजेको जनाएको छ।

552218659_1159755252697998_6967410512521304102_n_eNVPnck64C.png
विज्ञप्ति
553465572_2017008532383512_2714909695762436211_n_soOjAZAEak.png
विज्ञप्ति

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार