Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us
निर्वाचनसम्बन्धी अध्यादेश जारी

मतदाता नामावली अद्यावधिक गर्ने बाटो खुल्यो

मतदाता नामावली अद्यावधिक गर्ने बाटो खुल्यो

काठमाडौं। निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई दृष्टिगत गरी मतदाता नामावली अद्यावधिक गर्ने भएको छ । 

राष्ट्रपति रामचन्द्र पौडेलले निर्वाचनसम्बन्धी अध्यादेश जारी गरेसँगै मतदाता नामावली अद्यावधिक गर्ने बाटो खुलेको हो । यससँगै मतदाता नामावलीमा नाम समावेश नभएका तर उमेर पुगेका जेनजी पुस्ताले पनि नाम दर्ता गरेर आफ्नो मताधिकार सुनिश्चित गर्न पाउने आयोगले जनाएको छ ।

निर्वाचन आयोगले अध्यादेशमार्फत मतदाता नामावली सङ्कलन गर्ने कानुनी बाधा फुकेसँगै आयोगको बैठक बसेर मतदाता नामावली सङ्कलन गर्न मिति तोकिने जनाएको छ ।

ramchandra-poudel-adhyadesh-jari-release.jpg
अध्यादेश जारी

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार