काठमाडौं । राष्ट्रिय सहकारी नियमन प्राधिकरणले बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारीहरु दर्ताका लागि अभिलेखीकरण मापदण्ड तयार गरेको छ।
प्राधिकरणले सरोकारवालाहरु समेतको राय सुझावका आधारमा मापदण्ड तयार गरेको हो । उक्त मापदण्ड प्राधिकरण सञ्चालक समितिले समेत पारित गरिसकेको छ । मापदण्डलाई प्राधिकरणले शुक्रबार सार्वजनिक गर्ने तयारी गरेको छ ।
प्राधिकरणले अनलाइन प्रणालीबाट सहकारीको दर्ता गर्ने व्यवस्था मिलाएको छ । प्राधिकरणले सफ्टवेयर निमार्णको काम अन्तिम चरणमा पुर्याएको छ । सम्भवतः दशैं अघि नभए लगत्तै सफ्टवेर लञ्च गरेर दर्ताको काम अघि बढाउने प्राधिकरणका विज्ञ सदस्य डा. रमेश चौलागाईले जानकारी दिए ।
सफ्टवेर लञ्च गरेको ६० दिनभित्र बचत तथा ऋणको मुख्य कारोबार गर्ने सम्पूर्ण सहकारी प्राधिकरणमा दर्ता हुनुपर्ने व्यवस्था मापदण्डले गरेको समेत उनले बताए । मापण्डमा सहकारीको दता अभिलेखीकरणका विषयहरु समेटिएको उनको भनाइ थियो ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com