१४ असोज, अल्माटि, काजकिस्तान ।नेपाल बुद्धिचाल महासंघ र काजकिस्तान चेस फेडेरेसन बीच आपसी सहकार्य, मैत्रीपूर्ण प्रगाढ सम्बन्ध बिस्तार तथा चेस खेलको दीर्घकालीन विकासलाई लक्षित गर्दै एक समझदारीपत्र (MoU मा हस्ताक्षर गरिएको छ।
उक्त ऐतिहासिक सम्झौतापत्रमा काजकिस्तान चेस फेडेरेसनका कार्यकारी निर्देशक गुलमिरा डाउलेटोभा र नेपाल बुद्धिचाल महासंघका महासचिव धरम बहादुर लामाले हस्ताक्षर गरेका छन्।
समझदारीपत्र अनुसार दुबै देशका खेलाडी, प्रशिक्षक तथा प्रतिनिधिको नियमित भ्रमण गराउने र संयुक्त चेस प्रशिक्षण शिविर सञ्चालन, कार्यशाला, गोष्ठी तथा प्रतियोगिता आयोजना गरेर दुबै मुलुकका खेलाडीलाई अन्तर्राष्ट्रिय स्तरमा उत्कृष्ट प्रतिस्पर्धी बनाउन सहकार्य गरिनेछ।

चेस खेल प्रतिनिधिलाई प्राविधिक रुपमा व्यवसायिक तालिम प्रदान गर्ने जसमा स्रोत व्यवस्थापन, शैक्षिक क्षेत्रको कार्यक्रम अन्तर्गत अनुभवीय असलि अभ्यासहरू साटासाट गर्ने उल्लेखनीय सहमति पनि गरिएको छ।
यसै समझदारीपत्र कार्यान्वयनका लागि दुबै पक्षले संयोजक तोक्ने र हरेक वर्ष प्रगतिको मूल्याङ्कन गर्दै आगामी गतिविधिको मार्गचित्र तय गर्ने व्यवस्था गरिएको छ। दुई देशीय टोली आउजाउ कार्यक्रम तथा संयुक्त गतिविधि हुने समयमा लाग्ने यातायात, आवास र खाना खर्च पठाउने फेडेरेसनले व्यहोर्नेछ भने प्रायोजक एवं श्रोत व्यवस्थापनका लागि दुवै पक्षको सक्रियता रहनेछन्।
यो समझदारीपत्र पाँच वर्ष सम्म लागु हुनेछ र आपसी सहमतिमा समयावधि बढाउन सकिनेछ। सम्झौताको अन्त्य गर्नु परेमा ६ महिना अघि लिखित जानकारी दिई भंग गर्न सकिने छ।
यस सम्झौताले नेपाल र काजकिस्तान बीच चेस खेल मार्फत द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ गर्दै दुवै मुलुकका खेलाडीहरूको उज्ज्वल भविष्य निर्माणमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com