काठमाडौं । मनसुन प्रतिकार्य कमान्ड पोस्ट बैठकले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको शनिबारको निर्देशनअनुसार लामो दूरी र काठमाडौं भित्रिने तथा बाहिरिने सवारीसाधन सञ्चालनमा लगाइएको रोक खुकुलो पार्ने निर्णय गरेको छ।
यसका लागि अवरुद्ध सडकहरुको मर्मतसम्भार गरी तत्काल सडक सुचारु गर्न सडक विभागलाई लेखिपठाउने निर्णय गरिएको छ । त्यसैगरी अत्यावश्यक सेवा राजमार्गमा रोकिएका मालवाहक र यात्रुवाहक सवारीसाधन तथा छोटोदूरीमा सञ्चालन हुने सवारीसाधनहरुको हकमा स्थानीयस्तरको विपद् जोखिमको अवस्थालाई दृष्टिगत गरी अन्तर्जिल्ला समन्वयनमा आवागमन सुचारु गर्न स्थानीय प्रशासनलाई निर्देशन दिने निर्णय भएको छ।
त्यसैगरी अर्को सूचना जारी नहुन्जेलसम्मका लागि जोखिमयुक्त राजमार्ग र सडकमा रात्रिकालीन बस सेवा सञ्चालन नगर्न नगराउन स्थानीय प्रशासनलाई निर्देशन दिने समेत निर्णय भएको छ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com