Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us

सप्तकोसीको बाढीमा फसेका २० जनाको नेपाली सेनाद्वारा उद्धार

सप्तकोसीको बाढीमा फसेका २० जनाको नेपाली सेनाद्वारा उद्धार

काठमाडौं । सप्तरीको सप्तकोसी नगरपालिकामा डुबानमा फसेका २० जनाको नेपाली सेनाले उद्धार गरेको छ। सप्तकोसी नगरपालिका वडा नम्बर ६ स्थित बोचही पोखरीया टोल आसपासका उनीहरुको आइतबार उद्धार गरिएको नेपाली सेनाले जनाएको छ। 

राजविराजस्थित बरख गणको सुरक्षा वेश सप्तरीबाट सहायक सेनानी सुकमन तामाङको नेतृत्वमा खटिएको १४ जनाको टोलीले बाढीमा फसेका अशक्त, वृद्ध–वृद्धा, महिला र बालबालिकासहित २० जनालाई उद्धार गरेको नेपाली सेनाले जनाएको छ । उद्धार गरिएकालाई स्थानीय राष्ट्रिय आधारभूत विद्यालयमा राखिएको छ। 

वर्षाका कारण सप्तरीका कोसी तटीय क्षेत्रमा अझै पनि बाढीको जोखिम कायम रहेको र नेपाली सेनाको उद्धार टोली आउन सक्ने जोखिमका लागि तयारी अवस्थामा रहेको बताइएको छ ।

बोचनी क्षेत्रमा बाढीको जोखिम बढेपछि प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलको समन्वयमा नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीले संयुक्त रूपमा उद्धार कार्य सञ्चालन गरेका थिए। 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार