Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us

भिआइपी तथा भिभिआइपीको सुरक्षामा खटिएका सुरक्षाकर्मीहरु फिर्ता हुँदै

भिआइपी तथा भिभिआइपीको सुरक्षामा खटिएका सुरक्षाकर्मीहरु फिर्ता हुँदै

काठमाडौं। भिआइपी तथा भिभिआइपीको सुरक्षामा खटिएका २७१ सुरक्षाकर्मी फिर्ता भएको गृह मन्त्रालयले जनाएको छ । २३ असोजमा मापदण्ड विपरीत खटिएका सुरक्षाकर्मी फिर्ता गर्नेबारे गृहमन्त्रीस्तरीय निर्णय भएको थियो । नेतालगायत भिआइपी सुरक्षा पाउने व्यक्तिहरूका सुरक्षाकर्मी फिर्ताको काम सुरु भएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार अहिलेसम्मको विवरण अनुसार नेपाल प्रहरी र सशस्त्र प्रहरीका गरी २७१ सुरक्षाकर्मी फिर्ता भएका छन् । फिर्ता भएकाहरूले अब संगठनले तोकेको नियमित ड्युटीमा खटिने मन्त्रालयले जनाएको छ ।

पूर्वप्रधानमन्त्रीहरुलाई १६ जना सशस्त्र प्रहरी र २ जना नेपाल प्रहरी सुरक्षा दिइने विशिष्ट व्यक्तिहरूको सुरक्षा व्यवस्थापन कार्यविधि, २०७७ मा उल्लेख छ । तर मापदण्डभन्दा दोब्बर बढी सुरक्षाकर्मी पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), एमाले अध्यक्ष केपी शर्मा ओलीले राखेका थिए ।

अन्य पूर्वविशिष्ट व्यक्ति तथा बहालवाला विशिष्ट व्यक्तिहरूले मापदण्ड विपरीत राखेका सुरक्षाकर्मी समेत गरेर २७१ जनालाई फिर्ता गरिएको हो ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार