Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us

सर्वोच्च अदालतले रोकिएका न्यायिक कार्य मंगलबारदेखि सुरु गर्ने

सर्वोच्च अदालतले रोकिएका न्यायिक कार्य मंगलबारदेखि सुरु गर्ने

काठमाडौं। सर्वोच्च अदालतले जेनजी आन्दोलनकारीबाट आगजनी भएको कारण रोकिएको न्यायिक कार्य क्रमशः सुरु गर्ने भएको छ । अदालतले आज जारी गरेको सूचना अनुसार असोज २८ गतेदेखि रिट निवेदन तथा केही अन्य कानुनी निवेदन दर्ता र सुनुवाइ सुरु हुने जनाएको हो ।

अदालतका प्रवक्ता एवम् सह-रजिस्ट्रार अर्जुनप्रसाद कोइरालाद्वारा जारी सूचनामा भनिएको छ, ‘मुलुकी देवानी कार्यविधि संहिता, २०७४ को दफा १५७ तथा मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ का दफा ७३, १३७ र १५५ अन्तर्गत पर्ने निवेदन मिति २०८२ असोज २८ गतेदेखि दर्ता र सुनुवाइ हुनेछन् ।’

गत भदौ २४ गते सर्वोच्च अदालत परिसरमा भएको आगजनी, ढुंगामुढा, तोडफोड र लुटपाटका कारण न्यायिक कार्य स्थगन गरिएको थियो । सो घटनाबाट अदालतको भवन, कागजात र अभिलेखमा समेत क्षति पुगेको थियो ।

अदालतका अनुसार हालसम्म बन्दी प्रत्यक्षीकरण र अत्यावश्यक निवेदन मात्र दर्ता र सुनुवाइ हुँदै आएका छन् । अन्य सेवा भने अर्को सूचना जारी भएपछि मात्र सञ्चालन गरिने जनाएको छ ।

image-71.png
undefined

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार