काठमाडौं । सञ्चालनमा रहेका २० वाणिज्य बैंकमध्ये १४ वटाले कात्तिक महिनाका लागि ब्याजदर घटाएका छन् । वाणिज्य बैंकहरूले कात्तिक महिनाका लागि नयाँ सार्वजनिक गरेको ब्याजदरमा अधिकतम बैंकले ब्याजदर घटाउँदा औसत ब्याजदर असोज महिनाको तुलनामा घटेको छ । व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम औसत ब्याजदर शून्य दशमलव २६ प्रतिशत विन्दु घटेको हो ।
नेपाल बैंक, सिद्धार्थ बैंक, राष्ट्रिय वाणिज्य बैंक, कुमारी बैंक, ग्लोबल आईएमई बैंक र हिमालयन बैंकले भने असोज महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन् । उनीहरुले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदरमा असोज महिनाकै दरलाई निरन्तरता दिएका हुन् । बैंकहरूले संस्थागत मुद्दती निक्षेपको अधिकतम औसत ब्याजदर शून्य दशमलव २२ प्रतिशत विन्दुले घटाएका छन् ।
कात्तिक महिनाका लागि सबैभन्दा धेरै ब्याजदर घटाउने बैंकमा माछापुच्छ्रे बैंक र एनएमबी बैंक छन् । २ वटा बैंकले व्यक्तिगत तथा संस्थागत मुद्दती निक्षेपको अधिकतम औसत ब्याजदर एक प्रतिशत विन्दुले घटाएका हुन् ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com