Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us

नेपालभित्र श्रमिक आपूर्तिकर्ता कम्पनीको संख्या ४ सय भन्दा माथि पुग्यो

नेपालभित्र श्रमिक आपूर्तिकर्ता कम्पनीको संख्या ४ सय भन्दा माथि पुग्यो

काठमाडौं । नेपालभित्र श्रमिक आपूर्तिकर्ता कम्पनीको संख्या ४ सय भन्दा माथि पुगेको छ । श्रम तथा व्यवसायजन्य सुरक्षा विभागको पछिल्लो तथ्यांक अनुसार आव २०८१/८२ मा नवीकरण भएका, सो आवमा नयाँ दर्ता भएका र आव २०८२/८३ मा नयाँ दर्ता भएका समेत ४३७ कम्पनीले श्रमिक आपूपर्तकर्ताको रूपमा काम गर्ने गरी दर्ता भएका छन् ।

नेपालमा धेरैजसो सुरक्षा सेवा दिने गरी यस्ता कम्पनीहरू सक्रिय छन् ।

सरकारले विभागमा दर्ता नभई श्रमिक आपूर्ति सेवा नगर्न र दर्ता भएका कम्पनीबाट श्रमिक नराख्न समेत सूचित गर्दै आएको छ । दर्ता प्रक्रिया कडाइ गरेसँगै यस्ता कम्पनीको संख्या समेत बढ्दै गएको पाइएको छ ।

विभागका अनुसार सहजकारी सेवा, व्यवसाय सहयोग सेपा, सुरक्षा सेवा, घरेलु सहयोगी सेवासहितका श्रमिक आपूर्ति गर्ने गरी कम्पनीहरू दर्ता भई सञ्चालनमा रहेको देखिएको छ । विभागमा दर्ता नभई श्रमिक आपूर्ति गरेमा वा त्यस्ता कम्पनीबाट श्रमिक दिएमा विभागले जरिवाना तिराउन थालेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार