काठमाडौं। राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले आसन्न निर्वाचनका लागि आवश्यक पूर्वाधारमा सघाउन आग्रह गरेका छन्।
अन्तर व्यवस्थापिका संघको १५१अौ महासभामा सहभागिताका लागि जेनेभामा रहेका दाहालले बेलायत, चीन र श्रीलंकाका संसदीय प्रतिनिधि मण्डलसँगको छुट्टाछुट्टै भेटवार्तामा यस्तो आग्रह गरेका हुन्।
अध्यक्ष दाहालले नेपालले जेनजी आन्दोलनका क्रममा क्षति पुगेका संरचनाहरूको पुनर्निर्माण र आसन्न निर्वाचनका लागि मित्र राष्ट्रहरूको साथ र सहयोगको लागि आग्रह गरेको उनको सचिवालयले जनाएको छ।
भेटवार्ताको क्रममा दाहालले नेपालमा पछिल्लो समयमा भएको जेनजी आन्दोलनबाट उत्पन्न नयाँ राजनीतिक परिवेशमा अन्तरिम सरकार गठन भएको र चुनाव घोषणा भएको जानकारी गराउँदै तोकिएको समयमै निर्वाचन सम्पन्न गरी लोकतान्त्रिक सुदृढीकरणका लागि नेपाल प्रयत्नशील रहेको बताएका थिए।
दाहालले आईपीयूको एशिया प्यासिफिक ग्रुप अध्यक्ष समेत रहेका चिनियाँ नेता नेतृत्वको चिनियाँ संसदीय प्रतिनिधि मण्डल, बेलायती संसदीय प्रतिनिधि मण्डल र श्रीलंकाको संसदीय प्रतिनिधि मण्डलसँग छुट्टाछुट्टै द्विपक्षीय भेटवार्ता भएको हो।
सबै भेटमा राष्ट्रहरूबीचको आपसी सम्बन्ध, संसदीय मैत्री समूहमार्फत संसदीय अनुभव आदानप्रदान, अन्तर्राष्ट्रिय मञ्चहरूमा सहकार्य र सहयोग लगायतका विषयमा पनि छलफल भएको छ।
सचिवालयका अनुसार अध्यक्ष दाहालले जलवायु परिवर्तनको असर नेपालीले प्रत्यक्ष भोगिरहेको प्रसंग उल्लेख गर्दै विकासोन्मुख देशहरूलाई विश्व समुदायले सहयोग गर्नुपर्नेमा पनि जोड दिएका थिए।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com