काठमाडौं । आकाश डिजिटल प्रा. लि. का प्रमुख कार्यकारी अधिकृत (सिईओ) टंकप्रसाद अधिकारी बेलायतस्थित Innovate Finance द्वारा प्रकाशित ‘Pride in FinTech Powerlist 2025’ मा चयन भएका छन् । उक्त Powerlist विश्वभरका उत्कृष्ट
start up नेतृत्व र समावेशी फिनटेक नवप्रवर्तकहरूबीच एक प्रतिष्ठित चयन मानिन्छ ।
Innovate Finance द्वारा हरेक वर्ष प्रकाशित गरिने यो सूची वित्तीय प्रविधि क्षेत्रमा विविधता, समावेशिता र सामाजिक उत्तरदायित्वको उत्कृष्ट उदाहरण प्रस्तुत गर्ने व्यक्तित्वहरूप्रतिको सम्मान हो ।
नेपालको सहकारी र फिनटेक अटोमेशन क्षेत्रमा विगत एक दशकदेखि प्रविधि–आधारित सुधारमा काम गर्दै आएका अधिकारीले आकाश डिजिटलमार्फत सहकारीहरूको दस्तावेज व्यवस्थापन, स्वचालन र डिजिटल रूपान्तरणमा महत्वपूर्ण योगदान दिएका छन् ।आकाश डिजिटलले हाल ५०० भन्दा बढी सहकारी संस्थाहरू लाई डिजिटल डकुमेन्ट म्यानेजमेन्ट सिस्टम (Akash DMS) मार्फत क्लाउड-आधारित सेवा पुर्याइरहेको छ ।
अन्तर्राष्ट्रिय स्तरको यो पावरलिष्टमा परेपछि कृतज्ञता व्यक्त गर्दै अधिकारीले; “यो मान्यता व्यक्तिगत मात्र होइन, नेपालको सहकारी अटोमेशन प्रविधि क्षेत्रको प्रतिनिधित्व हो । ‘कागजदेखि क्लाउडसम्म’ अभियानलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने अवसरका रूपमा मैले यसलाई लिएको छु ।”
Innovate Finance यूकेको प्रमुख फिनटेक संस्था हो, जसको उद्देश्य विश्वव्यापी वित्तीय प्रविधि उद्योगमा समावेशी, सुरक्षित र नवप्रवर्तनशील वातावरण सृजना गर्नु हो । संस्थाले Pride in FinTech Powerlist मार्फत हरेक वर्ष यस्ता अग्रणी व्यक्तित्वहरूलाई सम्मान गर्छ, जसले विविधता र समानताको मूल्यलाई प्रविधिसँग जोड्दै समाजमा प्रभाव पारिरहेका छन् ।
अधिकारीको नाम समावेश भएको उक्त सूची आगामी नोभेम्बर ३ (सोमबार) मा सार्वजनिक हुँदैछ । डिसेम्बर ४ मा लन्डनस्थित Google Headquarters मा आयोजना हुने Celebratory Event मा Innovate Finance ले सबै चयनित व्यक्तित्वहरूलाई सम्मान गर्ने जनाएको छ ।
२०७४ सालमा पोखरामा स्थापना गरिएको अकाश डिजिटल प्रा. लि. ले सहकारी क्षेत्रका लागि म्ष्नDigital KYM, Loan Automation, Document Control, Expiry Management, CRM Dashboard लगायतका प्रविधि–आधारित सेवा विकास गरेको छ । कम्पनीको क्लाउड–आधारित प्रणालीमार्फत सहकारीहरूलाई पारदर्शिता, द्रुत सेवा र सुरक्षित डेटा व्यवस्थापन प्रदान हुँदै आएको छ ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com