काठमाडौं । नेपाल एलपी ग्यास उद्योग संघले आवश्यकताभन्दा बढी ग्यास सिलिन्डर मौज्दात नराख्न उपभोक्ताहरुसँग आग्रह गरेको छ।
संघले बजारमा देखिएको ग्यास अभाव आपूर्ति प्रणालीमा आएको कमीका कारण नभई उपभोक्ताले अतिरिक्त सिलिन्डर भण्डारण गर्न थालेपछि अस्थायी रूपमा समस्या देखिएको जनाएको छ।
संघका अध्यक्ष दिवान चन्दका अनुसार भारतबाट आयात हुने एलपी ग्यासको परिमाणमा कुनै कमी आएको छैन। उनका अनुसार विगतकै हाराहारीमा दैनिक करिब १०० बुलेट ग्यास आपूर्ति भइरहेको छ।
उहाँले नेपाल आयल निगममार्फत आउने ग्यासको परिमाण र उद्योगहरूले वितरण गर्दै आएको आपूर्ति प्रक्रियामा उल्लेखनीय परिवर्तन नभएको बताउनुभयो । तर, उपभोक्ताले एकै पटक आवश्यकताभन्दा बढी सिलिन्डर भर्न थालेपछि बजारमा उपलब्धता प्रभावित भएको उहाँको भनाइ छ ।
अध्यक्ष चन्दले उपभोक्ताले अतिरिक्त मौज्दात नराखी नियमित खपतअनुसार मात्र ग्यास खरिद गरेमा हाल देखिएको समस्या सहज रूपमा समाधान हुने बताउनुभयो ।
हाल नेपालमा करिब एक करोड ५० लाख थान एलपी ग्यास सिलिन्डर रहेको संघले जनाएको छ। त्यसमध्ये करिब ५० लाख सिलिन्डर ग्यास डिपोमा रहेको बताइएको छ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com